चापाकोटमा ७० जना होम क्वारेन्टाइनमा, विदेशबाट आएकाहरुको बिबरण संकलन हुदै ।

आँधीखोला खबर/चापाकोट :
स्याङजाको चापाकोटमा ७० जना होम क्वारेन्टाइनमा बसेका छन । नगरपालिकाको टोली वडा-वडामा पुगेर बिदेशबाट आएकाहरुको बिबरण संकलन गरी उनीहरुलाई एकान्तवासमा बस्न लगाएको हो ।
कोरोना भाईरसको पूर्व सतर्कताका लागि गाउँ पुगेर बिदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख शिव कुमार गिरीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सहितको टोली नगरपालिकाको सबै वडामा पुगेको प्रमुख गिरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, “नगरभित्रका १० वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको बिबरण सङ्कलन भईरहेको छ” । कोही छुटेको भए खवर गरिदिन उहाँले नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
स्वास्थ्यकर्मी सहितको नगरपालिकाकाे टोली प्रत्येक वडामा पुगिरहेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले कुनै समस्या आई परे तत्कालै खवर गर्न नगरवासीलाई आग्रह गर्नुभयो । बिदेशबाट आएकालाई १४ दिन छुटै बस्न भनेका छौं प्रमुख प्रशासकीय अधिकृत गुरुङले भन्नुभयो,परिवारसँग घुलमिल नगर्न र केही समस्या भएमा खवर गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
भर्खर बिदेशबाट आएकाहरुलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न एकान्तवासमा बस्न सुझाव दिइएको चापाकोटका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी विन्दु कोइरालाले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…