चापाकोटमा ७० जना होम क्वारेन्टाइनमा, विदेशबाट आएकाहरुको बिबरण संकलन हुदै ।
आँधीखोला खबर/चापाकोट :
स्याङजाको चापाकोटमा ७० जना होम क्वारेन्टाइनमा बसेका छन । नगरपालिकाको टोली वडा-वडामा पुगेर बिदेशबाट आएकाहरुको बिबरण संकलन गरी उनीहरुलाई एकान्तवासमा बस्न लगाएको हो ।
कोरोना भाईरसको पूर्व सतर्कताका लागि गाउँ पुगेर बिदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख शिव कुमार गिरीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सहितको टोली नगरपालिकाको सबै वडामा पुगेको प्रमुख गिरीले बताउनु भयो ।
उहाँले भन्नुभयो, “नगरभित्रका १० वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको बिबरण सङ्कलन भईरहेको छ” । कोही छुटेको भए खवर गरिदिन उहाँले नगरवासीलाई आग्रह समेत गर्नुभयो ।
स्वास्थ्यकर्मी सहितको नगरपालिकाकाे टोली प्रत्येक वडामा पुगिरहेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले कुनै समस्या आई परे तत्कालै खवर गर्न नगरवासीलाई आग्रह गर्नुभयो । बिदेशबाट आएकालाई १४ दिन छुटै बस्न भनेका छौं प्रमुख प्रशासकीय अधिकृत गुरुङले भन्नुभयो,परिवारसँग घुलमिल नगर्न र केही समस्या भएमा खवर गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
भर्खर बिदेशबाट आएकाहरुलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न एकान्तवासमा बस्न सुझाव दिइएको चापाकोटका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी विन्दु कोइरालाले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


