जरुरी पर्यो कतै जानको लागि के गर्ने ? हेर्नुहोस् स्याङ्जाका प्रजिअद्धारा जारी आदेश

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१२।०९ गतेको निर्णयबाट भएको अधिकार प्रत्यायोजन बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ ले प्रदान गरेको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार समेत प्रयोग गरी स्याङ्जा जिल्लामा Covid-19 को संभावित संकमण रोकथाम तथा नियन्त्रणको लागि देहायको आदेश जारी गरिएको छ । यो आदेश स्याङ्जा जिल्लाभरि मिति २०७६ चैत्र ११ गते विहान ६:०० बजेदेखि २०७६ चैत्र १८ गते विहान ६:०० बजेसम्म लागू हुनेछ । यो आदेशको अवहेलना/बर्खिलाप हुने गरी कसैले कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।

आदेश  :

१. औषधी उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. जिल्ला प्रशासन कार्यालयबाट अनुमती प्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबैप्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन संचालन नगर्नु, नगराउनु हुन।

३. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा वाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था मिलाउन र अन्य कर्मचारीहरुलाई आवश्यक परेको वखत तत्काल उपस्थित हुनेगरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने व्यवस्था मिलाउने ।

४. औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, ईन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

५. व्यवसायीहरुले औषधी र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालावजारी, जम्माखोरी वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिई कडा कारबाही गरिनेछ । उक्त सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिनेछ । ।

६. यो आदेश कार्यान्वयनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार बमोजिम जिल्लास्थित सरकारी कार्यालयका सवारी साधनलाई नियन्त्रणमा लिई विपद् जोखिम न्युनीकरणका लागि प्रयोग गरिनेछ।

७. भौगोलिक अवस्थितिलाई विचार गरी सवारी साधन अनुमति प्राप्त गर्नका लागि नजिकको सुरक्षा इकाई तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्नहन ।

८. समाचार संस्था तथा संचारकर्मीहरुले प्रयोग गर्ने सवारी साधनको हकमा सूचना विभागले जारी गरेको प्रेस पासलाई मान्यता दिईनेछ ।

स्याङ्जामा कोहि बिपत्तिमा हुनुहुन्छ ?? 9856047777 9856045555 9856033706 फोन गर्नुस २४ सै घन्टा उठ्छ -प्रजिअ

Facebook Comments Box
TOP