भैसीलाई निर्दयी व्यवहार गर्ने पक्राउ, पशुपंक्षीको अधिकार सुनिश्चित गर्न सक्रियता देखाउदै प्रहरी
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
तपाईले कुनै सवारी साधनमा पशुपंक्षी ओसापसार गर्न लाग्नु भएको छ भने सम्झनु होला उसको पनि अधिकार कति छ भनेर । मानिसले यात्रा गर्दा सहजताको अनुभव पाउनु पर्ने व्यवस्था अनुसार पशुपंक्षीले पनि यात्राको सहजता पाउने अधिकार कानुनले दिएको छ । त्यसैले पशुपंक्षी ओसापासार गर्नु अगाडि कतै उसको अधिकार हनन् त भएको छैन भनेर ख्याल राख्नु जरुरी देखिएको छ । त्यस्तै ख्याल नगर्दा भैसीको ओसारपसार गर्ने दुई जनालाई स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङले आईतवार पक्राउ गरेको छ । भैसीलाई अमानवीय व्यवहार गरेको भन्दै प्रहरीले स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने २६ बर्षिय जिप चालक युवराज कुमाल र रुपन्देही मर्चवार गाँउपालिका ७ बस्ने रुआव अलि फकिर पक्राउ परेका हुन् ।
रुपन्देहीको हरैयाबाट स्याङ्जाको पुतलीबजार ल्याउदै गरेको ५ ओटा भैसीलाई निर्दयी व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय वालिङले भैसी मालिक र चालकलाई पक्राउ गरेको छ । मासुको प्रयोजनका लागि ल्याइएको ५ ओटा भैसीलाई ग २ च २२६९ नम्वरको बोलेरो गाडीमा अत्यन्तै क्रुर यातना दिएर ल्याउदै गर्दा वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । जे सुकै प्रयोजनका लागि पशुपंक्षी ओसारपसार गरेपनि उनीहरुको सुरक्षित यात्रावरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पशुपंक्षीको अमानवीय तवरले ओसारपसार गरेमा कानुनी सजाय हुने व्यवस्था छ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले भने, “कानुनी व्यवस्थाको समेत ख्याल नगरी अत्यन्तै क्रुर याताना दिएको पाईएकाले पक्राउ गरेका हौं ।” मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपंक्षी सम्वन्धी कसुर अनुसार सजाय हुनेछ उनले भने ।
बोलेर जिपमा भैसी ओसारपसार गर्दा २ ओटा सजिलै र केही कठिन सगँ यात्रा गराए ३ ओटा सम्मको क्षमता रहन्छ । तर भैसी मालिकले एउटै जिपमा ५ ओटा भैसी ल्याउदा भैसीमा निकै चोटपटक र अत्यन्तै सकस हुनेगरी यात्रा गराएको प्रहरीले जनाएको छ । भैसी माथी भैसी खादेर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ । भैसीको सिङ् देखि अन्यभागमा चोटपटक र रगताम्मै अवस्थामा घाईते छन् । पशु चिकित्सकबाट चेकजाँच गराई भैसीमाथी अवद्र व्यवहार गर्नेको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक घिमिरेले बताए । सिद्धार्थ राजमार्ग हुदै धेरै पटक पशुपंक्षी ओसापसार हुन्छ । तर अहिले सम्म पनि पशुपंक्षीको ओसापासारमा पशुपंक्षीको अधिकारको बारेमा कुनै चेकजाँच हुने गरेको थिएन । प्रहरी निरिक्षक घिमिरे आएपछि यो अभियान शुरु गरेका छन् । पशुपंक्षीले पनि सम्मानका साथ बाच्ने अधिकार नेपालको संविधानले दिएको छ । मासुका लागि होस वा दुधका लागि होस पशुपंक्षीलाई पनि बाचुन्जेल समाजमा स—सम्मान बाच्ने अधिकार रहन्छ निरिक्षक घिमिरेले भने,“जुनसुकै प्रयोजनका लागि ओसारपसार गरेपनि अधिकार हनन् नहुने गरी गर्नु पर्छ ।” अधिकारको उघंलन गरे कारवाहिको दायरामा पर्न सकिने व्यवस्था संविधानमा उल्लेख छ उनले भने ।
यता भैसी मालिकले भने आफुले ४ ओटा पठाईदिनु भनेकोमा भैसी व्यपारीले ५ ओटा पठाएको दावी गरेका छन् । भैसीको अवद्र व्यवहार भएको भने भैसी मालिकले स्विकार गरेका छन् । पशुपंक्षी सम्वन्धी कसुरको दफा २९० मा पशुपंक्षी प्रति निर्दयी व्यवहार गरेमा तीनमहिना सम्म कैद र पाँच हजार सम्मको जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुन सवारी साधनमा कति पशुपंक्षी लिएर ओसारपासार गर्न पाईन्छ भन्ने प्रस्ट कानुनी व्यवस्था नहुदा अधिकांश पशुको ओसापसारमा मानवीय व्यवहार भएको पाईदैन । आगामी दिनमा नेपालको संविधानले दिएको कानुनी व्यवस्था अनुसार पशुपंक्षीको बाचुन्जेल आफ्नो अधिकारको सुनिश्चित हुनु आवश्यक छ । यस तर्फ सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …