बोलबम समितिद्धारा बालबालिका र आगलागी पीडितलाई बिभिन्न सहयोग प्रदान

आँधीखोला खबर/वालिङ :
बोलबम समिति वालिङले अमोरसेवा आश्रममा रहेका बालबालिका तथा कालिगण्डकीका आगलागी पीडितलाई बिभिन्न सामाग्री तथा नगद प्रदान गरेको छ । “सेवा नै धर्म हो ,धर्म नै बोलबमको कर्म हो ।” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै सामाजसेवामा सक्रिय रहेको बोलबम समितिले समस्यामा परेका व्यक्ती तथा आवश्यक्ताका आधारमा सहयोग गर्दै आएको समितिका अध्यक्ष दिपेन्द्र तिवारीले जानकारी दिनुभयो ।
फेदीखोला गाँउपालिकामा रहेको अमोर सेवा समाज रहेका बाल बालिकाको लागि चालिस हजार बराबरको दैनिक उपयोगका सामाग्री प्रदान गरिएको समितिका प्रवक्ता युवराज गौतम (बिष्णु)ले जानकारी दिनुभयो ।
त्यस्तै कालिगण्डकी गाँउपालिकाको बासटारीका आगलागि पीडितका लागि रु १५ हजार नगद हस्तान्तरण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री
स्याङ्जाकाे फेदीखोला गाउँपालिका सम्मानित
१५ घण्टा अगाडि
स्याङ्जा : अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा…