स्याङ्जाको बिरुवामा क्वारेन्टाईनकोे स्थापना ।

आँधीखोला खबर/बिरुवा :
स्याङजाको बिरुवा गाँउपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि क्वारेन्टाईनको स्थापना गरिएको छ ।
बिरुवा गाँउपालिकाको वडा नम्वर १ मा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवनलाई आईसोलेशन वार्ड सहित क्वारेन्टाईन तयार गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो । तत्कालका लागि ५ वेड सहितको क्वारेन्टाईनको स्थापना गरिएको बताउदै सुवेदीले आवश्यक्ता अनुशार थप गरिने स्पष्ट पार्नुभयो ।
आवश्यक अनुशारका मास्क लगायतका सामाग्री स्वास्थ्य संस्थालाई उपलव्ध गराएको र विपदलाई निराकरण गर्नका लागि आवश्यक तयारी गरेको गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP