स्याङ्जाको बिरुवामा क्वारेन्टाईनकोे स्थापना ।

आँधीखोला खबर/बिरुवा :
स्याङजाको बिरुवा गाँउपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई नियन्त्रण र थप सजगता अपाउनका लागि क्वारेन्टाईनको स्थापना गरिएको छ ।
बिरुवा गाँउपालिकाको वडा नम्वर १ मा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवनलाई आईसोलेशन वार्ड सहित क्वारेन्टाईन तयार गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो । तत्कालका लागि ५ वेड सहितको क्वारेन्टाईनको स्थापना गरिएको बताउदै सुवेदीले आवश्यक्ता अनुशार थप गरिने स्पष्ट पार्नुभयो ।
आवश्यक अनुशारका मास्क लगायतका सामाग्री स्वास्थ्य संस्थालाई उपलव्ध गराएको र विपदलाई निराकरण गर्नका लागि आवश्यक तयारी गरेको गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP