स्याङजाका ब्युटीपार्लर चैत ९ गतेदेखि बन्द हुने ।

आँधीखोला खबर/स्याङजा :
स्याङजाका ब्यूटीपार्लरहरु चैत ९ गतेदेखि बन्द हुने भएका छन । बिश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना (भाइरस कोबिड– १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेदेखि चैत्र २१ गते सम्मका लागि ब्युटीपार्लरहरुब बन्द हुने भएको ब्यूटीपार्लर एशोसियसन स्याङजाले जनाएको छ ।
एशोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै भाइरस संक्रमणको विषयलाई लिएर सतर्कता अपनाउन नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेको अवस्थामा ब्यूटीपार्लर व्यवसाय समेत संक्रमणको उच्च जोखिमबाट नजिक रहेको भन्दै सतर्कता अपनाउन एशोसिएसनमा आवद्ध सबै ब्यूटीपार्लरहरु बन्द गरिने जनाएको हो ।
दिनहुँ रुपमा ग्राहकहरुको प्रत्यक्ष्य तथा निकटतम दुरीमा रहेर ब्युटीपार्लर व्यवसाय संचालन हुने हुँदा सजिलै दु्रर्तगतिमा फैलने घातक यो भाइरसको संक्रमणको उच्च जोखिममा पेशा व्यवसाय रहेको भन्दै आफ्नो कारणबाट ग्राहकहरुमा जोखिम नहोस र ब्युटीपार्लर व्यवसायमा संलग्न कर्मचारी तथा व्यवसायीहरुलाई समेत यो भाइरसको संक्रमण फैलने जोखिम नरहोस् भन्ने हेतुले एशोसिएसनमा आवद्ध सम्पूर्ण पार्लरहरु बन्द गर्ने निर्णय भएको एसोसिएसन स्याङजाका अध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।
एशोसिएसनले उक्त निर्णयबाट ग्राहकवर्गहरुलाई हुने असुविधा प्रति क्षमा माग्दै सबै ग्राहकवर्ग, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरुलाई भयरहित रुपमा सुरक्षित रहन तथा संक्रमण हुन सक्ने स्थलमा अत्यावश्यक अवस्थामा बाहेक नजान अनुरोध गर्दै बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले आग्रह गरेका सुरक्षाका उपाय अपनाउन अनुरोध समेत गरेको छ ।
उता पोखरा लगायत कास्कीका ब्युटीपार्लर पनि चैत ९ गतेदेखि बन्द हुने भएकाछन् । एसोसिएसन कास्कीका सचिव बबिता केसी कार्कीले बिज्ञप्ती प्रकाशित गरेर अर्काे सुचना जारी नभए सम्मका लागि सेवा प्रवाह बन्द गरिएको जानकारी दिनुभएको हो ।

Facebook Comments Box
TOP