अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध ३ वैशाखसम्म लम्बियो

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध गत आइतवारको मध्यरातीबाट लागू भएको थियो ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…