स्याङजामा लगातार ट्रयाक्टर दुर्घटना : दुई दिनमा २ जनाको ज्यान गयो,दुई घाइते
आँधीखेला खबर/स्याङजा :
स्याङजाको बिरुवा गाउँपालिका–७ सुरुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गए राती सुरुङबाट बलेउका लागि छुटेको रा १ त २१०० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक वनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनजना सवार रहेको ट्रयाक्टरमा चालक १९ वर्षीय तेजबहादुर गुरुङ र १७ ठगराज गुरुङ घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
घाईतेलाई गए राती नै उपचारका लागि पोखरा पठाइएको प्रहरीले बताएको छ ।
यसैवीच आईतवार स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । कालीगण्डकी गाउँपालिका वडा नं १ हटियास्थित सडकमा लु ४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक विपिन योगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ घोराही उपमहानगरपालिका ७ बेसाही का २३ वर्षीय योगीको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


