स्याङजामा लगातार ट्रयाक्टर दुर्घटना : दुई दिनमा २ जनाको ज्यान गयो,दुई घाइते

आँधीखेला खबर/स्याङजा :
स्याङजाको बिरुवा गाउँपालिका–७ सुरुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गए राती सुरुङबाट बलेउका लागि छुटेको रा १ त २१०० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक वनध्वज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनजना सवार रहेको ट्रयाक्टरमा चालक १९ वर्षीय तेजबहादुर गुरुङ र १७ ठगराज गुरुङ घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
घाईतेलाई गए राती नै उपचारका लागि पोखरा पठाइएको प्रहरीले बताएको छ ।
यसैवीच आईतवार स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । कालीगण्डकी गाउँपालिका वडा नं १ हटियास्थित सडकमा लु ४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक विपिन योगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ घोराही उपमहानगरपालिका ७ बेसाही का २३ वर्षीय योगीको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…