बिदेशबाट आएकाहरुको नियमित स्वास्थ्य परिक्षण गर्दै आँधीखोला गाउँपालिका

आँधीखोला खबर/आँधीखोला :
कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन आँधीखोला गाउँपालीकाले बिभिन्न क्रियाकलाप गरिरहेको छ । गाउपालिका भित्र बिदेशबाट आएका र १४ दिन नपुगेकाहरुलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रत्यक्ष रेखदेखमा अनिवार्य होम क्वारेन्टाइनमा बसालिएको अध्यक्ष सुधिर पौड्यालले जानकारी दिनुभयो । बिदेशबाट आएका र १४ दिन पुरा नगरेका सबै नागरिक हाम्रो सम्पर्कमा छन् , अध्यक्ष पौड्यालले भन्नुभयो,उनिहरु को नियमित अनुगमन, स्वास्थ्य परिक्षण गर्ने, ब्यबस्थाको प्रबन्ध पालिकाले नै गरेको छ ।
सम्भावित घटनाहरु आइपरेको अबस्थामा गाउपालिकाले सेतिदोभान स्वास्थ्य चौकी र पन्चमुल स्वास्थ्य चौकीमा १३ बेड क्षमता को क्वारेनटाइन बेड को ब्यबस्थापन गरिएको छ प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले २५ वेड सम्मको व्यवस्थित वार्ड तयार गरिने जानकारी दिनुभयो । आवश्यक परेमा बिद्यालयमा समेत क्वारेन्टाईन बनाउनका लागि तयारी गरिएको उहाँको भनाई छ ।

PPE (Personal Protective Equipment) लगाएर बिरामी लिन जाने तयारीमा आँधीखोला गाउँपालिकाका एम्बुलेन्स चालक


स्वास्थ्य शाखाका प्रमुख निराजन लामिछानेले हेल्थ डेस्कको स्थापना गरेर आवश्यक सुचना प्रदान गर्नुका साथै नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने काम भईरहेको जानकारी दिनुभयो ।
गाँउपालिका भित्रबाट सञ्चालित एम्वुलेन्स चालकहरुलाई सुरक्षा कवज पिपिई उपलव्ध गराईको अध्यक्ष पौड्यालले बताउनु भयो । उहाँले पालिकामा सर्वदलिय र सर्वपक्षिय बैठक बसी समन्वय समितिको गठन गरिएको जानकारी दिनुभयो । उहाँले पालिकाबासीलाई नआत्तिन र सचेत रहन आग्रह गर्नु भएको छ । कुनै समस्या आई परेमा तत्कालै खवर गर्न अध्यक्ष पौड्यालले आग्रह समेत गर्नुभयो ।

Facebook Comments Box
TOP