वालिङ : बृद्ध बृद्धा सम्मानमा बिद्यार्थी
सुशिल सुबेदी/वालिङ :
बृद्ध बृद्धालाई सम्मान गर्ने संस्कार स्कुलबाट नै शुरु हुनुपर्दछ भन्ने उदेश्य सहित स्याङजामा बिद्यार्थीलाई बृद्ध बृद्धा सम्मान कार्यक्रममा समाबेश गराइएको छ । वालिङ नगरपालिका वडा नं १ ले यहाँको २ बिद्यालयमा अध्यानरत छात्र छात्रालाई सम्मान कार्यक्रममा सहभागी बनाएको हो ।
वडा कार्यालयको आयोजना र खहरे धनुबासे आयुर्बेद औषधालयको सह आयोजनामा गरिएको सम्मान कार्यक्रममा १५० जनालाई सम्मान सहित बिभिन्न आर्युवेदिक औषधी , च्वानप्रास लगाएतको सामाग्री बितरण गरिएको थियो ।
उमेर ढल्केका बृद्ध बृद्धाले घर कुर्ने र उमेर भएकाहरुको रोजगारी देखी शिक्षाको खोजीमा शहर केन्द«ीत हुँदा यहाँको ग्रामीण भेगमा बृद्ध बृद्धाले घर रेखदेख गर्ने प्रचलन समेत बढेको छ । तर शहर केन्दि«त भएका नयाँ पुस्ताले समाजको मात्र होइन घरकै हजुरवुवा आमा चिन्न नसकेको वालिङ नगरपालिका उप—प्रमुख कल्पना तिवारीले बताउनु भयो । उहाँले भन्नुभयो , ‘गाउँघरको पिँडी कुरेर बृद्ध बृद्धा मात्रै बस्नुपर्ने बाध्यताले ग्रामीण भेगका जमिन मात्रै बाँझै छैनन् , बृद्ध बृद्धालाई सम्मान गर्ने संस्कार समेत हराउन थालेको छ ।’
यही समस्यालाई मध्येजनर गर्दै वडा कार्यालयले नैतिक शिक्षाको ज्ञान प्रयोगात्मक ढङ्गमा बिद्यार्थीलाई प्रदान गरेको वडा अध्यक्ष केदार काफ्लेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पाठ्यक्रममा नैतिक शिक्षा नभएपनि व्यवहारमा जिबनउपयोगी शिक्षा प्रदान गर्न हामीले नयाँ अभ्यासको थालनी गरेका हौँ । ’
यहाँका २ बिद्यालयमा अधयानरत छात्र छात्रालाई बृद्ध सम्मान कार्यक्रममा सहभागी गराइएको वालिङ नगरपालिका वडा नं १ का वडा अध्यक्ष केदार काफ्लेले बताउनुभयो । रणभिर जनहित मा बि र अर्मादी अंग्रेजी आबाशिय मा बि का बिद्यार्थीहरु उक्त कार्यक्रममा सहभागी गराइएको थियो । वडा नं १ को वडा कार्यालयले आयोजना गरेको बृद्ध बृद्धा सम्मान तथा रसायन औषधी बितरण कार्यक्रम अन्तर्गत अशक्तहरुलाई घरमानै पुगेर सम्मान गरिएको थियो । गत बर्ष ७० बर्ष नाघेका बृद्ध—बृद्धालाई गरिएको सम्मान यस बर्ष भने ६० माथीका उमेरका बृद्ध—बृद्धालाई गरिएको हो ।
नैतिक शिक्षाको अभाव भैरहेको बेला प्रत्यक्ष बिद्यार्थीलाई नै यस्ता कार्यक्रममा सहभागी गराउने प्रयास निकै प्रशंसनिय भएको सहभागीले बताए । सोही कार्यक्रममा माधब शरण शर्मा रेग्मीको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय बृद्धबृद्धा समिति गठन गरिएको छ । व्यवहारीक ज्ञानका यस्ता कार्यक्रम अभिभाबक तथा शिक्षकले प्रदान गर्न सके नयाँ पुस्तामा चेतनाको स्तर बृद्धी हुने थियो कि ?
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …