वालिङमा पलम्वर र ईलेक्ट्रिसियन तालिम : दक्ष भएमा आर्थिक उपार्जन सहजै -नगर प्रमुख खाँण
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले दक्ष र सीपयुक्त व्यक्तीले सहजै आर्थिक उपार्जन गर्न सक्ने बताउनु भएको छ । सीपसँगै आर्थिक उपार्जनको बिषय जोडिएको भन्दै सीप सिक्न सदैव तत्पर रहुनु पर्ने नगर प्रमुख खाँणको तर्क छ ।
आईतबारबाट वालिङमा शुरु भएको जुनियर प्लम्वर र ईन्डस्ट्रियल ईलेक्ट्रिसयन तह १ को निशुल्क ३ महिने तालिमको उद्घाटन गर्दै नगर प्रमुख खाँणले काम सानो र ठुलो नहुने स्पष्ट पार्नु भयो । भारतीयमुलबाट वालिङमा आई काम गरेका मजदुरहरुको उदाहरण दिदै प्रमुख खाँणले भन्नुभयो,“स्वावलम्वी र आफ्नै व्यवशाय गर्ने शैली उनीहरुबाट हामीले सिक्न जरुरी छ ।” सानो ठुलो नभनी आफै काम गर्ने शैली निक्कै राम्रो छ उहाँले थप्नु भयो ।

सोचमा परिवर्तन गर्न जरुरी रहेको भन्दै प्रमुख खाँणले भन्नुभयो, “बेरोजगार छु भन्दै बस्ने तर काम भने नगर्ने हाम्रो शैली परिवर्तन गर्न जरुरी छ ।” सबै उत्पादनमा जोडिन जरुरी रहेको भन्दै नगर प्रमुख खाँणले गाँउमा बजारबाट सामाग्री लाने मात्रै होईन अव गाँउबाट बजारमा सामाग्री लैजाने बातावरण बनाउनु पर्ने बताउनु भयो ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, व्व्यावशायीक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना ईभेन्ट—दास्रोको आर्थिक सहयोग तथा हेल्भेटास ईन्स्योरको प्राबिधिक सहयोगमा कस्मोमोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालि (सिटुटेक) ले आयोजना गरेको तालिम शुरु गरेको हो ।

कार्यक्रममा सिटुटेकका गण्डकी प्रदेश प्रमुख राधाकृष्ण डुम्रेले तालिमको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्राध्यापक गुमानसिंह राना र दिपक लम्सालले सीप मुलक तालिम अहिलेको लागि महत्वपूर्ण भएको भन्दै ध्यान दिएर सिक्न आग्रह गर्नु भयो ।
जुनियर प्लम्वर र ईन्डस्ट्रियल ईलेक्ट्रिसयन दुबै बिषयमा गरी २०÷२० जना प्रशिक्षार्थीहरु सहभागी रहेकाछन् । ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुने तालिममा ८० प्रतिशत व्यवहारिक तथा २० प्रतिशत सैधान्तिक बिषयमा तालिम प्रदान गरिने गण्डकी प्रदेश प्रमुख एबं तालिम संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
तालिम उद्घाटन कार्यक्रम संयोजक डुम्रेको सभापतित्व र प्रशिक्षक भिमलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।



समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


