नगरस्तरीय अपाङ्ग समाज गठन

आँधीखोला खबर/वालिङ :
वालिङ नगरस्तरीय अपाङ्ग समाजको गठन गरिएको छ । अपाङ्ग समाज नेपाल केन्द्रीय समितिको परिपत्र र जिल्ला समाजको निर्णय बमोजिम वालिङ नगरपालिकास्तरीय अपाङ्ग समाजको गठन गरिएको हो ।
आज वालिङमा भएको भेलाले डेलबहादुर विकको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा हिराबहादुर गुरुङ, सचिवमा चिरञ्जीवी सुबेदी, सहसचिवमा भीमलाल डुम्रे, कोषाध्यक्षमा मेनुका पाठक रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा भेषराज रेग्मी, गीता काफ्ले, टिकमाया गुरुङ, डोलराज पंगेनी, मथुरा रेग्मी, अवतार श्रेष्ठ, ज्ञानुप्रसाद पाठक, दाताराम अधिकारी, पार्वती केसी, कूलबहादुर सार्की रहनुभएको छ ।
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले भिन्न क्षमता भएकाहरुका लागि नगरपालिकाले तालीम तथा क्षमता विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, जिल्ला अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुली, राम शर्मा पोख्रेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…