नगरस्तरीय अपाङ्ग समाज गठन
आँधीखोला खबर/वालिङ :
वालिङ नगरस्तरीय अपाङ्ग समाजको गठन गरिएको छ । अपाङ्ग समाज नेपाल केन्द्रीय समितिको परिपत्र र जिल्ला समाजको निर्णय बमोजिम वालिङ नगरपालिकास्तरीय अपाङ्ग समाजको गठन गरिएको हो ।
आज वालिङमा भएको भेलाले डेलबहादुर विकको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा हिराबहादुर गुरुङ, सचिवमा चिरञ्जीवी सुबेदी, सहसचिवमा भीमलाल डुम्रे, कोषाध्यक्षमा मेनुका पाठक रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा भेषराज रेग्मी, गीता काफ्ले, टिकमाया गुरुङ, डोलराज पंगेनी, मथुरा रेग्मी, अवतार श्रेष्ठ, ज्ञानुप्रसाद पाठक, दाताराम अधिकारी, पार्वती केसी, कूलबहादुर सार्की रहनुभएको छ ।
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले भिन्न क्षमता भएकाहरुका लागि नगरपालिकाले तालीम तथा क्षमता विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, जिल्ला अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुली, राम शर्मा पोख्रेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


