ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य परीक्षण

तोलाकान्त बगाले/वालिङ :

वालिङ नगरपालिका ८ नं. वडाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गतवर्ष ज्येष्ठ नागरिकलाई सम्मान गरेको वडाले यसवर्ष भने ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घर घरमै स्वास्थ्यकर्मीको समूहमार्फत स्वास्थ्य परीक्षण गराईएको वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो ।
“‘वालिङ नगरपालिकाको स्वास्थ्य प्रवद्र्धन मेरो अभियान’ अन्तर्गत शुरु गरिएको यो अभियानलाई वडाका प्रत्येक टोल टोलमा पु¥याउँछौं” वडा अध्यक्ष सुबेदीले भन्नुभयो, “घर घरमै पुगेर ज्येष्ठ नागरिकमा देखिने नसर्ने रोग पहिचानका लागि रक्तचाप, मधुमेह र मोटोपनाको स्वास्थ्य परीक्षण गर्नेछौं ।”
उमेरका दृष्टिले पनि ज्येष्ठ नागरिकहरुमा अलि बढी स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्ने भएकाले विशेष गरी ज्येष्ठ नागरिकलाई लक्षित गरी यो अभियान थालिएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई स्वास्थ्यचौकीसम्म ल्याई पु¥याउन समस्या हुने भएकाले पनि स्वास्थ्यकर्मीसहितको टोलीले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुकासाथै उचित परामर्शसमेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताउनुभयो ।
८ नं. वडामा सञ्चालन भएको यो अभियानलाई नगरका अन्य वडाहरुमा पनि विस्तार गर्दै ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउने तयारी भईरहेको छ । आफ्नै घर आँगनमा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेकोमा स्थानीय खुसी देखिन्छन् ।

Facebook Comments Box
TOP