ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य परीक्षण
तोलाकान्त बगाले/वालिङ :
वालिङ नगरपालिका ८ नं. वडाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । गतवर्ष ज्येष्ठ नागरिकलाई सम्मान गरेको वडाले यसवर्ष भने ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घर घरमै स्वास्थ्यकर्मीको समूहमार्फत स्वास्थ्य परीक्षण गराईएको वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो ।
“‘वालिङ नगरपालिकाको स्वास्थ्य प्रवद्र्धन मेरो अभियान’ अन्तर्गत शुरु गरिएको यो अभियानलाई वडाका प्रत्येक टोल टोलमा पु¥याउँछौं” वडा अध्यक्ष सुबेदीले भन्नुभयो, “घर घरमै पुगेर ज्येष्ठ नागरिकमा देखिने नसर्ने रोग पहिचानका लागि रक्तचाप, मधुमेह र मोटोपनाको स्वास्थ्य परीक्षण गर्नेछौं ।”
उमेरका दृष्टिले पनि ज्येष्ठ नागरिकहरुमा अलि बढी स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन सक्ने भएकाले विशेष गरी ज्येष्ठ नागरिकलाई लक्षित गरी यो अभियान थालिएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई स्वास्थ्यचौकीसम्म ल्याई पु¥याउन समस्या हुने भएकाले पनि स्वास्थ्यकर्मीसहितको टोलीले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुकासाथै उचित परामर्शसमेत प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताउनुभयो ।
८ नं. वडामा सञ्चालन भएको यो अभियानलाई नगरका अन्य वडाहरुमा पनि विस्तार गर्दै ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउने तयारी भईरहेको छ । आफ्नै घर आँगनमा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेकोमा स्थानीय खुसी देखिन्छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


