वालिङ ३ मा व्यवशायीक पशुपालन तथा सुन्तला कागती उत्पादन सम्वन्धी तालिम शुरु

फाल्गुण, ०५ वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ३ मा व्यवशायीक पशुपालन तथा सुन्तला कागती उत्पादन सम्वन्धी प्राबिधिक तालिम शुरु भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर ३ का वडा अध्यक्ष सुक बहादुर गुरुङले व्यवशायीक रुपमा काम गरेमा सबै तिरबाट सहयोग मिल्ने बताउनु भयो । उहाँले भन्नुभयो,“व्यवशायीक रुपमा काम गर्ने र गर्न खोज्ने व्यक्तीलाई वडाले सहयोग गर्नेछ ।” राम्रोसँग सीप सिकेर त्यसको सही सदुपयोग गर्न उहाँले आग्रह समेत दिनुभयो । वडाका जनतालाई आत्म निर्भर बनाउने अभिप्रायले तालिम दिन थालिएको उहाँले स्पष्ट पार्नु भयो ।
कार्यक्रममा कृषि सेवा शाखाका प्रमुख केश बहादुर राना र लिल बहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको बारेमा दियालो युएनडिपीका परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी गराउनु भएको थियो । तालिममा वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख देव कुमारी श्रेष्ठ र कृषि सेवा शाखाका प्रमुख केश बहादुर थापाले सहजीकरण गर्नु भएको छ ।
माझकोट बाख्रापालन सहकारी संस्थाका अध्यक्ष तुल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका बजारीकरण प्रमुख राजु खनालले गर्नु भएको थियो । दुई दिन सम्म चल्ने तालिम अन्तरगत पशुपालनमा ३५ जनाको र सुन्तला तथा कागती उत्पादन सम्वन्धी प्राबिधिक तालिममा ३० जनाको सहभागिता रहेको छ ।


समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…