दोस्रो भीरकोट महोत्सव सकियो : जनतामा निराशा भन्दा आशा जगाउने काम गरौ-मन्त्री अर्याल


श्रीकृष्ण सिग्देल/स्याङजा :

भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा कुमारी अर्यालले जनतामा निरासा भन्दा आशा जगाउने सन्देश दिन आग्रह गर्नु भएको छ । जनतामा नकरात्मक सन्देश फैलाउदा जनतालमा निरासा हुने गरेको मन्त्री अर्यालको भनाई थियो । स्याङजाको भीरकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सबको समापन गर्दै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनतालाई आशाको सन्देश प्रबहा गर्नुपर्ने बताउनु भयो ।

जनतामा गलत सन्देश फैलाउदा मुलुकमा ठुलो दुर्घट्ना हुनसक्छ मन्त्री अर्यालले भन्नुभयो,“जनतालाई निरासा भन्दा उत्साहको सन्देश दिनु आजको आवश्यकता हो ।” सरकार सबैदललाई मिलेर देश बनाउन आव्हान गरेको उल्लेख गर्दै मन्त्री अर्यालले अफवाह नफैलाउन राजनीतिकदललाई आग्रह छ उहाँले भन्नुभयो ।
यस्ता मेला महोत्सवले जिल्लाको आर्थिक गतिविधि सगै पर्यटनको विकासमा टेवा पुग्ने मन्त्री अर्यालको भनाई थियो । सरकार मुलुकलाई समृद्धिको बाटोमा गुडाई रहेको उल्लेख गर्दै यसमा साथ दिन मन्त्री अर्यालले सबैलाई आग्रह गर्नुभयो । स्याङ्जाको विकासमा आफुले कुनै कसुर बाकी नराख्ने बताउदै नेकपाले जितेको स्थानीय तहलाई धेरै र काँग्रेसले जितेको स्थानीय तहमा थोरै सहयोग नगरी समान रुपले काम गरेको मन्त्री अर्यालको दावी थियो ।


फागुन १ गते देखि संचालन गरिएको महोत्सबको समापनमा बोल्दै नेपाली काँग्रेसका केन्दि«य सदस्य एबं संबिधान सभा सदस्य मिन विश्वकर्माले मुहानमा शुद्धिकरण गर्न आबश्यक रहेको बताउँदै बालुवाटार र सिहंदरबारमा बसेर ऐन मार्फत भ्रष्टाचार गर्नेलाई शुद्धिकरण गर्न आबश्यक रहेको औँल्याउनु भयो । सरकारलाई राम्रा काममा प्रतिपक्ष दल नेपाली काँग्रेसले सहयोग गरेको बताउदै पुर्व उद्योग मन्त्री समेत रहेका विश्वकर्माले सरकारले गरेका नराम्रा गतिविधिमा भने काग्रेस चुप लागेर नबस्ने दावी गर्नुभयो । सरकारमै रहेका मन्त्रीहरु भष्ट्रचारमा लाग्न थालेपछि कसरी मुलुकको समृद्ध हासिल हुन्छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

एघार दिनसम्म जारी महोत्सबमा कला संस्कती झल्किने सांस्कृतिक प्रदर्शनी , आँधिखोलामा डुङ्गा , नौमती बाजा प्रदर्शन, भलिबल प्रतियोगिता सगै स्थानीय उत्पादनलाई जोड दिइएको थियो । महोत्सवमा ३ लाख पचास हजार दर्शकले अबलोकन गरेको र ४ करोडको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सब मुल समारोह समितिका महासचिब नुवादत्त अर्यालले जानकारी दिनुभयो ।
भीरकोट महोत्सवले सरकारले घोषणा गरेको २०२० लाई सफल बनाउन आयोजना गरिएको महोत्सवले थप सहयोग मिलेको महोत्सवका अध्यक्ष भक्तबहादुर केसीले बताउनु भयो । सरकार नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकरात्मक नहुदा पनि मेला महोत्सवले स्थानीय पर्यटन, कला र कृषिलाई बढावा दिएको उहाँले बताउनु भयो ।

स्थानीय स्तरमा महोत्सवले देखाएको भुमिकाको स्थानीय सरकार भीरकोटका उपप्रमुख सिमाकेसी कर्माचार्यले प्रशंसा गर्नुभयो । फागुन १ गतेदेखि महोत्सव आयोजना गरिएको थियो ।

Facebook Comments Box
TOP