धार्मिक एबं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै भिरकोट जेसीज
आँधीखोला खबर/भीरकोट :
७० औं प्रजातन्त्र दिवस तथा आउदै गरेको महाशिवरात्री पर्वका अवसरमा स्याङजाको छायाँक्षेत्र मन्दिर परिसरको सरसफाइ गरिएको छ । भीरकोट जेसीजको आयोजनामा धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाई गरिएको भीरकोट जेसिजका अध्यक्ष मिना खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि कार्यक्रमको आयोजना गरिएको हो ।
सरसफाइ कार्यक्रममा भीरकोट जेसीजका सदस्यहरु ,छायाक्षेत्र मन्दिर सेवा समिति, स्थानीय व्यक्तिहरु,आमा समुह युवा क्लब र जनप्रतीनिधीहरुको सहभिगिता रहेको थियो ।
छायाक्षेत्र मन्दिर स्याङजा जिल्लाकै महत्वपूर्ण प्रसिद्ध धार्मिक क्षेत्र मध्ये पर्दछ । यहाँ बिभिन्न चाड पर्वहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । विशेष गरी शिवरात्रीमा यस क्षेत्र कै ठूलो मेला लाग्ने गर्दछ । श्रीस्वस्थानी व्रतकथामा सतीदेवीको अङ्ग पतन भएको र भगवान शिवले तपस्या गरी त्रिशुल बाट पहाड छेडेर पनि झर्दा छङ छङ गरी बगेको भएर यो पवित्र भूमिको नाम छाङछाङ्दी रहन गएको बताईन्छ । पछि गएर छाङछाङ्दीलाई नै पछि छायाक्षेत्र भनिन थालेको स्थानीयवासीको भनाई छ ।
जिल्ला कै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा महत्व बारे बुझाउन सके धार्मिक पर्यटकहरुको राम्रो गन्तव्यस्थल बन्ने भीरकोट ५ का वडा अध्यक्ष एबं वालिङ जेसीजका पूर्ब अध्यक्ष लक्ष्मण अधिकारील बताउनु भयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …