भीरकोट महोत्सव भोलिबाट (तयारीका तस्वीरहरु)
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिका १ बयरघारी बजारमा भोलि अर्थात फागुन १ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने दास्रो भीरकोट कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव–२०७६ को तयारी पुरा भएको छ । भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो ।
आंँधीखोलाको काखैमा रहेको यो ठांउ पर्यटकिय क्षेत्रका रुपले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा महोत्सव संचालन गरेर यहाँको पर्यटकिय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृतीको संरक्षण, विकास तथा प्रवद्र्धन एव सुचना प्रविधीको पहुच बृद्धि गर्ने महोत्सवको उदेश्य रहेको छ । महोत्सवलाई सभ्य र भव्य बनाउन भीरकोट नगर उद्योग वाणिज्य संघले व्यापक तयारी गरेको छ । महोत्सवको भोलि पूर्ब उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको भीरकोट उद्योग बाणिज्य संघका महासचिव नुवादत्त अर्यालले जानकारी दिनुभयो । भोलिबाट हुने महोत्सवका तयारीका केही तस्वीरहरु
तस्वीरहरु : कमल रेग्मी/भीरकोट







समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


