दोस्रो भीरकोट महोत्सवमा नगरपालिकाको डिजिटल सुचना केन्द्र स्टल !

आँधीखोला खबर/भीरकोट :
“समृद्ध भीरकोट महोत्सवको आधार, कृषि, पर्यटन, आँधीखोलाको उपहार” भन्ने मूल नाराका साथ भीरकोट नगरपालिका वडा नं १ बयरघारी बजारमा फागुन १ गते देखि ११ गतेसम्म सञ्चालन भइरहेको दास्रो भीरकोट कृषि, पर्यटन तथा सुचना प्रविधि महोत्सव-२०७६ मा भीरकोट नगरपालिकाले डिजिटल सुचना केन्द्रको स्टल स्थापना गरेको छ।
पूर्व उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठद्वारा भीरकोट नगरपालिकाको डिजिटल सुचना केन्द्रको उद्घाटन गरिएको थियो। डिजिटल सुचना केन्द्र समुद्घाटन कार्यक्रम को स्वागत मन्तब्य भीरकोट नगरपालिकाकी नगर उप-प्रमुख सिमा केसी कर्माचार्यले ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले सूचना केन्द्रमा प्रयोग गरिएको भिजुयल डिस्प्ले बोर्ड मार्फत नगरपालिका भित्रका हरेक विकाशका गतिविधि, भौतिक पूर्वाधार, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र लगायतका स्थानहरुको सेवाग्राहीले प्रत्यक्ष अवलोकन गर्न पाउने कुरा ब्यक्त गर्नुभयो। उक्त कार्यक्रम भीरकोट नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मीले संचालन गर्नु भएको थियो।

२/२ मिटरको चार क्याबिनेट सहितको उक्त RGB Visual डिस्प्ले बोर्ड दोस्रो भीरकोट महोत्सव २०७६ अवधिभर दर्शकहरुको लागि महोत्सवमा राखि बिभिन्न शिर्षकमा तयार गरिएका वृत्तचित्र, विविध कार्यक्रमका फोटोहरु, महोत्सवको गतिविधिहरुको प्रत्यक्ष प्रसारण गरिने र पछि आवस्यकता अनुसार विविध स्थानमा डिस्प्लेका लागि प्रयोग गरिने कुरा भीरकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत कमल रेग्मीले बताउनु भयो।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…