उपराष्ट्रपति पुन स्याङ्जा आउदै, यस्तो छ कार्यतालिका
कला राना/स्याङ्जा :
३८औँ मगर एकता दिवसको भव्य जनसभालाई सम्बोधन गर्न स्याङ्जा आउन लाग्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुनमगर आज स्याङ्जा आउँदै हुनुहुन्छ । फाल्गुन १४ गते बुधबार अपरान्ह १२ : ०५ मा पोखरा अवतरण गर्नुहुनेछ । पोखरामा प्रदेशले उपराष्ट्रपति पुनलाई स्वागत गर्नेछ भने १२ : ३० मा उहाँ स्याङ्जा वालिङका लागी प्रस्थान गर्नुहुनेछ । दिउँसो २ : ३० मा वालिङ आउने कार्यतालिका रहेको छ ।
वालिङमा खाजा नास्ता र सामान्य भेटघाट पश्चात ३ बजे नेपालको ठुलो जलविद्युत परियोजना कालिगण्डकी ए परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । कालिगण्डकी गाउँपालिकाको बेल्टारीमा उपराष्ट्रपति पुनलाई गाउँपालिका, र विभिन्न संघसंस्थाले स्वागत गर्नेछन् । बुधबार उपराष्ट्रपति पुन बेल्टारीमै बास बस्ने र १५ गते विहान ९ बजे वालिङमा ३८औँ राष्ट्रिय मगर एकता दिवस विशेष कार्यक्रम तथा मगर गुमष्ठको उद्दघाटन गर्ने कार्यक्रम रहेको मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकेन्द्र तरामु मगरले जानकारी दिनुभयो ।
उपराष्ट्रपति पुनको स्याङ्जा कार्यक्रमका लागी सुरक्षा टोलीले आज नै वालिङ देखि मिर्मिसम्मको सुरक्षा जाँच गरेको छ । फाल्गनु १५ मगर एकता दिवस यसअघि समेत मनाँईदै आईएको थियो तर यसपटक उपराष्ट्रपति पुनले उद्दघाटन गर्ने भएपछि यस पटकको दिवसलाई विशेष रुपले हेरिएको छ । मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले आयोजना गरेको कार्यक्रम मगर संघ वालिङ नगर समितिले व्यवस्थापन गरेको छ ।
जिल्लाका ११ स्थानीय तहका मगर समुदाय तथा गैह्र मगरसमुदायको समेत कार्यक्रममा उपस्थिति रहने आयोजकको दावी छ । अहिले आयोजक टोली जिल्लाका पालिकाहरु कहाँ पुगेका छन् । मगर बाहुल्यता रहेको गल्याङ नगरपालिकाले दिवसका अवसरमा सार्वजानिक विदाको घोषणा गरिसकेको छ भने अन्य पालिकाहरुसंग समेत छलफल भईरहेको समन्वयका अध्यक्ष तरामु मगरले बताउनुभयो । वालिङ सबै पालिकाहरुको मध्य भागमा रहेकाले यहाँ कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा मगर सांस्कृतिक झाँकी तथा ¥यालीको प्रर्दशनी गरिनेछ । भिजिट नेपाललाई समेत यो कार्यक्रमले टेवा पुग्ने आयोजकले जनाएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


