उपमेयर कप फाइनल : ट्राईब्रेकरमा चुक्यो वालिङ नगरपालिका,वालिङले राष्ट्रिय महिला लिग खेल्ने ।

आँधीखोला खबर :
रौतहटको चन्द्रपुर नगरपालिकामा सम्पन्न चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ मा वालिङ नगरपालिका उपबिजेता बनेको छ ।
शनिबार सम्पन्न निक्कै प्रतिस्पर्धात्मक फाइनल खेलमा चन्द्रपुर नगरपालिकाले वालिङ नगरपालिकालाई हराएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुबै टिमले कुनै पनि गोल गर्न नसक्दा खेल छिनोफानोका लागि ट्राइबेकरमा पुगेको हो । ट्राइबेकरमा चन्द्रपुरले वालिङ्गलाई ४–३ गोलले पराजित गर्दै विजेता बनेको हो ।
उपाधिसँगै चन्द्रपुरले ट्रफी नगद ३ लाख नगद पुरस्कार हात पारेको छ । सह–विजेता बनेको वालिङले ट्रफी र नगद १ लाख ५० हजार नगद पुरस्कार पाएको छ ।
चन्द्रपुरका खेलाडीलेहरुले गोल गर्न गरेका प्रयासहरु वालिङका रक्षापंक्तिका खेलाडीहरु प्रतीक्षा चौधरी, सरिश्मा थापा, पुष्पा गुरुङ्ग तथा सरु हमालले विफल पारिएदिएका थिए । चन्द्रपुरका खेलाडीहरुका केही सुन्दर प्रहारहरुलाई वालिङकी गोलरक्षक सावित्री किसनले उत्कृट वचाउ गर्दै विफल पारिदिएकी थिइन ।
ट्राइब्रेकरमा वालिङको तर्फबाट मनमाया दमाई, पुष्पा गुरुङ्ग, प्रतीक्षा चौधरीले गोल गर्दा कप्तान सरस्वती हमाल र गोलकिपर सावित्रा किसनको प्रहार चन्द्रपुरकी गोलकिपर सपना राईले बचाएकी थिइन ।


चन्द्रपुरको तर्फबाट सलोनी राना मगर, अस्मिता वैद्य र गोलकिपर सपना राईले गोल गर्न सफल भएकी थिइन, भने कप्तान मेनुका नगरकोटीको प्रहार वालिङकी गोलकिपर सावित्री किसनले विफल पारेकी थिइन । चन्द्रपुरकी रोजिना श्रेष्ठको प्रहार भने पोल माथिबाट बाहिरिएको थियो ।
दुबै टिमको ५–५ जना खेलाडी ट्राइबेकर प्रहार गर्दा पनि खेल बराबरी भएपछि सडेन डेथमा चन्द्रपुरकी सविता राना मगरले गोल गरेकी थिइन भने वालिङकी सरु हमालको प्रहार गोलपोष्टमा ठोक्किएर बाहिरिएको थियो ।खेलमा वालिङकी सावित्री किसन उत्कृष्ट गोल किपर घोषित भइन । यस प्रतियोगितामा उत्कृष्ट चारमा पर्न सफल टिमहरुले राष्ट्रिय महिला लिग खेल्ने आयोजकले जनाएको छ ।

Facebook Comments Box
TOP