व्यवशायीक मोडा उत्पादन तालिम सिक्दै वालिङ १४ का दलित महिलाहरु ।

आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १४ मा व्यवशायीक मोडा उत्पादन सम्वन्धी तालिम शुरु भएको छ ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम शुरु भएको हो ।
वडा नम्वर १४ को देउराली शुरु भएको तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष झम्मर बहादुर श्रेष्ठले व्यवशायीक रुपमा उत्पादन गरेमा बजारको जिम्मा आफूहरुले लिने जानकारी गराउनु भयो । बजारको चिन्ताले नै उत्पादन बढ्न नसकेको तर्फ जोड दिदै अध्यक्ष श्रेष्ठले भन्नुभयो,“ अब बजारको चिन्ता तपाईहरुले छाडिदिनुस् मात्र उत्पादनमा जोड दिनुहोस्”
कार्यक्रममा समाजसेवी बोधराज कुँवर राजु,प्रशिक्षक पूर्ण बहादुर गुरुङ, दियालो युएनडिपीका बजारीकरण प्रमुख राजु खनाल लगायतले बोलेका थिए ।
कार्यक्रम देउराली हस्तकला उत्पादन सहकारीका अध्यक्ष कौशिला सार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । ५ दिन सम्म चल्ने तालिममा ३० जना दलित महिलाहरुको सहभागिता रहेको छ ।

यसैबीच वडा नम्वर १ मा व्यवशायीक पशुपालन तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष केदार काफ्लेले पशु्जन्य उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । सहकारी मार्फत काम गरिरहेका कृषकहरुलाई सहकार्य मार्फत नै अगाडि बढ्नु आग्रह गर्नु भयो ।
कार्यक्रममा जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकाराम रेग्मी, प्रशिक्षक डाक्टर हुमनारायण श्रेष्ठ, टोल बिकास संस्थाका अध्यक्ष पदम बहादुर खत्री, दियालो युएनडिपीका कलेक्सन प्रमुख बिशाल बगाले लगायतले बोलेका थिए ।
कार्यक्रम राम्वाच्छा दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सीता काफ्ले रेग्मीले गर्नु भएको थियो ।

यस्तै वडा नम्वर २ मा सञ्चालन भएको व्यवशायीक पशुपालन तालिम सम्पन्न भएको छ । त्यस्तै वडा नम्वर ८ मा सञ्चालन भएको व्यवशायीक मौसमी तथा बेमौसमी तालिम समेत बुधबार नै सम्पन्न भएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो

समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…