एकहप्ते योग तथा ब्यक्तित्व विकास प्रशिक्षण सम्पन्न
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङमा एकहप्ते योग तथा ब्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । ‘संस्कार संस्कृति स्वाभिमान हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ युवा नेपाल समिति गण्डकी प्रदेशको आयोजना तथा पतञ्जलि योग समिति स्याङ्जा र महिला पतञ्जलि योग समिति स्याङ्जाको ब्यवस्थापनमा उक्त प्रशिक्षण सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ६ वटा जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थीहरुलाई आवासीय सुविधासहित प्रशिक्षण प्रदान गरिएको हो ।

एकहप्ते योग तथा ब्यक्तित्व विकास प्रशिक्षणको समापन गर्नुहुँदै भीरकोट नगर प्रमुख छायाराम खनालले योगलाई सबै जनमानसमा पु¥याउन जरुरी रहेको बताउनुभएको छ ।
पछिल्लो समयमा मानव जीवनलाई सार्थक बनाउने अभियानकोरुपमा योग देखा पर्दै गएको बताउँदै नगर प्रमुख खनालले योग अभ्यासलाई ब्यक्ति ब्यक्तिमा पु¥याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“साधनाबाट जीवन सुरक्षित रहन सक्ने भएकाले योग जीवन उपयोगी छ” नगर प्रमुख खनालले भन्नुभयो, “योग अभ्यासलाई भीरकोट नगरपालिकाले पहिलो चरणमा शिक्षक तथा विद्यार्थीहरुमार्फत प्रत्येक विद्यालयमा सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।”

कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले ब्यक्तिगत शान्ति र स्वास्थ्यका लागि योग साधना निक्कै महत्वपूर्ण रहेको हुँदा पछिल्लो समय योग अभ्यासप्रति आकर्षण बढ्दै गएको बताउनुभयो ।
विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनावहरुको समाधानका लागि पनि योगलाई प्रभावकारी माध्यमकोरुपमा अगाडि बढाउन उपयुक्त हुने वालिङ नगर प्रमुख खाँणको भनाई थियो ।
“साधना र प्रकृतिसँग एकाकार हुनु सानो कुरा होईन त्यसैले सकारात्मक सोँचको विकास गर्दै चेतनालाई जगाएर अगाडि बढौं” नगर प्रमुख खाँणले भन्नुभयो, “कतिपय रोगहरु योगको साधनाबाट निको हुने गर्छन् भने निरन्तर योग साधनाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले योग साधना जीवन उपयोगी बन्दै गएको छ ।”

कार्यक्रममा पतञ्जलि योग पीठ हरिद्वारका साध्वी देव बिजया, स्वामी अमृत देव, पतञ्जलि आयुर्वेद नेपालका निर्देशक डा. पवमान सुबेदी, पतञ्जलि युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल, पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला सह प्रभारी मैयादेवी पौडेल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पतञ्जलि योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महामन्त्री खगेन्द्रप्रसाद अर्यालले र स्वागत पतञ्जलि महिला योग समिति अध्यक्ष कविता भुसालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


