प्रतियोगितात्मक परिक्षा तयारी कक्षा
भवानी अधिकारी/स्याङजा :
महिलाहरुका लागि प्रतियोगितात्मक परिक्षा तयारी कक्षा सम्बन्धी १५ दिने प्रशिक्षण कार्यक्रम सोमबारदेखि स्याङजामा सुरु भएको छ ।
जिल्ला समन्वय समिति स्याङजाको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा परिक्षा तयारी कक्षा संचालन गरिएको हो ।
तयारी कक्षाको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दाले प्रशिक्षणलाई अवसरका रुपमा ग्रहण गर्न आग्रह गर्दै तालिमका सिकाईलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, तथ्यांक कार्यालयका प्रमुख शारदा शर्मा लगायतले तयारी कक्षाले निजामति सेवामा मात्र नभई अन्य सेवातर्फ पनि सेवाको अवसर खुल्ने बताउदै प्रशिक्षण कक्षाको सहीसदुपयोग गर्न सुझाव दिनुभयो ।
प्रशिक्षण कक्षामा पुतलीबजार र भीरकोट नगरपालिका तथा आँधीखोला, फेदिखोला, विरुवा गाउँपालिकाका गरी ५० जना महिलाको सहभागिता रहेको छ । प्रशिक्षणमा सरकारी कार्यालयका प्रमुखहरुले प्रशिक्षण दिने जनाइएको छ । तयारी कक्षा दैनिक ६ घण्टाको हुने र निशुल्क भएको जिल्ला समन्वय समिति स्याङजाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


