प्रतियोगितात्मक परिक्षा तयारी कक्षा

भवानी अधिकारी/स्याङजा :
महिलाहरुका लागि प्रतियोगितात्मक परिक्षा तयारी कक्षा सम्बन्धी १५ दिने प्रशिक्षण कार्यक्रम सोमबारदेखि स्याङजामा सुरु भएको छ ।
जिल्ला समन्वय समिति स्याङजाको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा परिक्षा तयारी कक्षा संचालन गरिएको हो ।
तयारी कक्षाको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दाले प्रशिक्षणलाई अवसरका रुपमा ग्रहण गर्न आग्रह गर्दै तालिमका सिकाईलाई ब्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला समन्वय समितिका सदस्य गुमानसिंह थापा, तथ्यांक कार्यालयका प्रमुख शारदा शर्मा लगायतले तयारी कक्षाले निजामति सेवामा मात्र नभई अन्य सेवातर्फ पनि सेवाको अवसर खुल्ने बताउदै प्रशिक्षण कक्षाको सहीसदुपयोग गर्न सुझाव दिनुभयो ।
प्रशिक्षण कक्षामा पुतलीबजार र भीरकोट नगरपालिका तथा आँधीखोला, फेदिखोला, विरुवा गाउँपालिकाका गरी ५० जना महिलाको सहभागिता रहेको छ । प्रशिक्षणमा सरकारी कार्यालयका प्रमुखहरुले प्रशिक्षण दिने जनाइएको छ । तयारी कक्षा दैनिक ६ घण्टाको हुने र निशुल्क भएको जिल्ला समन्वय समिति स्याङजाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…