स्याङ्जाको राङभाङमा लाटोकोसेरो तथा हुचिल उत्सब शुरू
आँधीखोला खबर /स्याङ्जा :
स्याङजाको राङभाङमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सब सुरु भएको छ । लोपोन्मुख अवस्थामा रहेको लाटोकोसेरोलाई जोगाउने उद्देश्यले सुरु भएको उत्सब दुई दिनसम्म चल्नेछ । उत्सबको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नु भएको हो । लाटोकोसेरो र हुचील संरक्षणको बारेमा विभिन्न सामग्रीहरु उत्सबमा प्रस्तुत गरिएको छ ।

स्थानीय झोरा नाच, भजन साथै लाटोकोसेरो र हुचिल संरक्षणको लागि विद्यार्थीहरुले नाच पनि प्रस्तुत गरेका थिए । उत्सब राङभाङ युवा क्लब, प्रकृतिका साथी संस्था र मिलिनियम ट्रेक व्यवस्थापन समितिको आयोजनामा सुरु भएको क्लबका अध्यक्ष बालकुमार गुरूङले जानकारी दिनुभयो । संस्कृति, पर्यावरण संरक्षण र मनोरञ्जन सहितको उत्सव शुरू भएको हो ।
जादुगर चरोको उपनामले समेत परिचित यो पंक्षीले दिनमा आखाँ देख्दैन । रातमा बढी सक्रिय हुन्छ । शिशा काट्ने, करेन्ट हान्ने लगायतका बिचित्रको विशेषता भएको यो दुर्लभ एवं मांसाहारि पंक्षी हो ।
६० वर्षसम्म बाच्न सक्ने यो पंक्षीको खुट्टाका नङग्राले शिशा समेत काट्ने विश्वास गरिन्छ । नेपाल, भारतमा पाइने यो चराले आफ्नो मृत्युको पूर्वाभास पाउने वित्तिकै स्वयं आत्महत्या समेत गर्ने हुँदा अति अद्भुत श्रेणीको प्राणीको रूपमा मानिन्छ ।

सन २००६ देखि अमेरिकाको हस्टन, मिनिसोबाट लाटोकोसेरोको उत्सव मनाउन थालिएको भए पनि नेपालमा भने सन २०१२ देखि प्रत्येक वर्ष नयाँ नयाँ स्थानमा मनाइदै आएको छ । धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङमा समे लाटोकेसेरो उत्वस आयोजना गरिसकेको बताइएको छ ।
नेपालमा ८ सय ८७ प्रजातिका चराह? नेपालमा छन । विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरोमध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइने बताए। त्यसमा पनि ८ प्रजातिका लाटोकोसेरो चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ छन्। लाटोकोसेरोको एउटा प्रजाति लोप भइसकेको छ ।
प्रकृति संरक्षणमा लागि अत्यन्त महत्वपूर्ण जीव र मानिसमा मित्र एको हुँदा लाटोकेशेरो तथा हुचिल संरक्षणमा जुटौं भन्ने सन्देश दिन उत्सब आयोजना गरिएको गुरूङको भनाई छ ।



समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


