स्याङ्जामा घर भित्रै पसेर चितुवाले बच्चालाई आक्रमण गर्यो ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङजाको भिरकोटमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन । भिरकोट ९ ठुलीभन्ज्याङ का यम बहादुरका १२ बर्षका छोरा युनिष गुरुङलाई घर भित्रै पसेर चितुवाले आक्रमण गरेको हो ।
बुधवार बिहान ६ बजेको समयमा बाघ कोठामा पसेर बालक युनिषलाई आक्रमण गरेको वडा अध्यक्ष भीम बहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुशार कोठामा रहेको कुकुरको बच्चालाई हेर्न जाने क्रममा चितुवाले आक्रमण गरेको हो । युनिषको घांटी र निधारमा चोट लागेको छ ।
घाइते बालकलाई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
६ दिन अगाडि
वालिङ : स्याङ्जाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा तथा नवौं…