स्याङ्जामा घर भित्रै पसेर चितुवाले बच्चालाई आक्रमण गर्यो ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङजाको भिरकोटमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन । भिरकोट ९ ठुलीभन्ज्याङ का यम बहादुरका १२ बर्षका छोरा युनिष गुरुङलाई घर भित्रै पसेर चितुवाले आक्रमण गरेको हो ।
बुधवार बिहान ६ बजेको समयमा बाघ कोठामा पसेर बालक युनिषलाई आक्रमण गरेको वडा अध्यक्ष भीम बहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुशार कोठामा रहेको कुकुरको बच्चालाई हेर्न जाने क्रममा चितुवाले आक्रमण गरेको हो । युनिषको घांटी र निधारमा चोट लागेको छ ।
घाइते बालकलाई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


