स्याङ्जामा अस्वस्थ मासुको बिक्रिबितरण,जनस्वास्थ्यमा गम्भीर लापरबाही, सरोकारवाला मौन !
स्याङ्जा : स्याङ्जाका विभिन्न ठाउँमा अस्वस्थ मासुको विगविगी मच्चिएको छ । स्याङ्जा सदरमुकाममा अवस्थित
मरासिनि भेट्ले स्याङ्जाका विभिन्न ठाउँमा अस्वस्थकर मासु बेच्ने गरेको तथ्य सार्वजनिक भएको हो ।
मरासिनीले भेट्ले बोईलर कुखुरा अोसारपसार गर्ने बकेटमा अस्वस्थकर मासु लिएर बेच्दै गरेको तस्बिर बाहिरिए संगै यो बिषय अहिले स्याङ्जा लगायत देशभर चर्चामा छ ।
उक्त भेट्ले कुखुराको मासु र बंगुरलाई दिईने कुखुराको भुँडी एउटै बकेटमा लिएर उपभोक्ता र बङ्गुरपालक किसानहरुलाई एउटै बकेटमा राखेर बेच्ने गरेको तस्बिर बाहिरिएको हो ।

स्याङ्जाको वालिङ,गल्याङ्ग,स्याङ्जा बजार,बंयरघारी,बायाँटारी लगायतका विभिन्न होटलहरुमा समेत उक्त मासु बेच्दै अाएका छन् ।
उपभोक्ताका गम्भीर स्वास्थ्यमा लापरबाही हुनेगरी मासु विक्रिबितरण गर्दा समेत सरोकारवाला निकाय मौन बसेको भन्दै उपभोक्ताहरु अाक्रोसित भएका छन् ।

यस्तै स्याङ्जामा कतिपय मासु ब्यापारीले बोरामा हालेर मासु बेच्ने गरेको गुनासो समेत प्राप्त भएको छ । प्राप्त सुचना अनुसार स्याङ्जा, वालिङ्ग, गल्याङ्ग लगायतका क्षेत्रका व्यवसायीक नेताहरूकै संरक्षण र लगानीका मासु पसलबाटै लापरवाही हुने गरेको सर्वसाधारणको गुनासो छ ।
साभार अन खबर डटकमबाट
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


