स्याङ्जा स्थित कालीगण्डकी ‘ए’का मेकानिकल विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा स्थित कालीगण्डकी ए जलविद्युत आयोजनामा कार्यरत एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणापत्रको आरोपमा मुद्दा दायर गरेको छ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत पाँचौ तहका मेकानिकल सुपरभाइजर चक्रपाणी भट्टराईले पेश गरेको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
भट्टराईले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट ल्याएर हाइस्कुल तहको शौक्षिक योग्यताको नक्कली प्रमाण पत्र पेश गरेको अख्तियारको दाबी छ।
प्राधिकरणमा चौथो तहमा सिनियर वेल्डर पेदमा सेवा प्रवेश गरी पाँचौ तह मेकानिकल सुपरभाइजर पदमा बढुवा भएको अख्तियारले जनाएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कसुर पुष्टी भएकाले विशेष अदालतमा आरोप पत्र दायर भएको जनाएको छ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…