स्याङ्जाको भैसी चोरीको काण्ड : थप एक भैसी चोर पक्राउ
आँधीखोला खबर/स्याङ्जा :
पछिल्लो समय स्याङ्जामा निक्कै चर्चित बनेको भैसी चोरीको घटनामा थप एक चोर पक्राउ परेका छन् । फागुन ३ गते राती भीरकोट १ बस्ने मनकुमारी केसीको दुईबर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको लहिनो भैसी गोठबाटै चोरी भएको थियो ।
घटना सार्बजनिक भए सँगै सक्रिय रहेको वडा प्रहरी कार्यालय वालिङले तत्कालै भैसी सहित दुई चोरहरुलाई पक्राउ गरेको थियो । प्रहरी निरिक्षक निरन्जन घिमिरेका अनुशार अनुसन्धान गर्दै जाँदा चोरहरुको गिरोहमा सम्लग्न रहेको भेटिए पछि बिरुवा गाँउपालिका वडा नम्वर ७ का हुकाले भनिने ३८ बर्षिय बालकृष्ण सार्कीलाई पनि पक्राउ गरिएको छ ।
प्रहरीले घटना सार्बजनिक भएसँगै भैसी सहित भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही स्थानका २७ बर्षका महमद अलिलाई पक्राउ गरेको थियो ।
ग १ ज ५८४१ नम्वरको जिपमा चोरी गरेको भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा २ जनालाई पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भईरहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


