स्याङ्जामा आगलागीमा जलेर एक बृद्धको ज्यान गयो

स्याङ्जा : स्याङ्जाको विरुवा गाउँपालिकामा आगलागीमा जलेर एकजना वृद्धको ज्यान गएको छ। आगलागीमा परी विरुवा-४ घोप्टेका ८२ वर्षीय जितबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङ सुतिरहेको बेलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। उनी प्यारालाइसिसका बिरामी थिए। धूमपान गर्ने बानी भएको कारण, चुरोटको आगोले आगलागी भएको हुनसक्ने आशंका  स्थानीयले गरेका छन्।

शुक्रबार राति खरको गोठसँग जोडिएको कोठामा सुतिरहेका गुरुङ आगलागीमा परेको देखेपछि स्थानीयबासीले उद्धार गर्ने प्रयास गरेका थिए। उनीहरूले प्रहरीलाई फोन गरेर जानकारी गराए पनि आगो नियन्त्रणमा आउँदा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक गौतम बोहोराले जानकारी दिए। मृतक गुरुङका २ छोरा पोखरामा बस्दै आएको भए पनि घटना घटेको दिन शिवरात्रि पर्व भएको कारण गाउँमा नै भएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक बोहोराले जानकारी दिए।

Facebook Comments Box
TOP