मानवताको सेवा गर्नु नै जीवनको सर्वोत्तम कार्य : प्रदेश सांसद मल्ल
गोपीकृष्ण रेग्मी/चापाकोट:
मानवताको सेवा गर्नु नै जीवनको सर्वोत्तम कार्य भएको गण्डकी प्रदेशका प्रदेश सांसद भागवत प्रकाश मल्लले बताउनु भएको छ । उहाँले देशका बेरोजगार नागरिकहरुलाई सरकारले स्वरोजगार बनाउनुको साटो हावा गफ लगाएर युवाहरु देश बाहिर पलायन हुने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । स्याङजाको चापाकोट नगरपालिका वडा नं ८ मा रहेको मणिमुकुन्देश्वर गुरुकुल बिद्यालयमा खाद्यान्न तथा न्यानो कपडा कम्मल वितरण गर्दै सांसद मल्लले बिद्यार्थीलाई संस्कारी बनाउने यस्ता शैक्षिक संस्थाहरु देशका लागि आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं२ का सभापति देव बहादुर खाणँ (ईश्वर)मानव मिलन सेवा समितिका केन्द्रिय अध्यक्ष नवराज सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मणिमुकुन्देश्वर गुरुकुल विदयालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घवन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता गोकर्ण भटराईको स्वागत तथा सिर्जना वोस्तीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । मानव मिलन सेवा समिति बाट प्राप्त ३५ थान कम्मल तथा प्रदेश सांसद मल्लले १५ बोरा चामल नुन,तेल मसला प्रदान गर्नु भएको चापाकोट बहुमुखी क्याम्पसका स्ववियू सभापति सविनचन्द्र डोटेलले जानकारी दिनुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


