मानवताको सेवा गर्नु नै जीवनको सर्वोत्तम कार्य : प्रदेश सांसद मल्ल
गोपीकृष्ण रेग्मी/चापाकोट:
मानवताको सेवा गर्नु नै जीवनको सर्वोत्तम कार्य भएको गण्डकी प्रदेशका प्रदेश सांसद भागवत प्रकाश मल्लले बताउनु भएको छ । उहाँले देशका बेरोजगार नागरिकहरुलाई सरकारले स्वरोजगार बनाउनुको साटो हावा गफ लगाएर युवाहरु देश बाहिर पलायन हुने वातावरण सिर्जना गरिरहेको बताउनु भयो । स्याङजाको चापाकोट नगरपालिका वडा नं ८ मा रहेको मणिमुकुन्देश्वर गुरुकुल बिद्यालयमा खाद्यान्न तथा न्यानो कपडा कम्मल वितरण गर्दै सांसद मल्लले बिद्यार्थीलाई संस्कारी बनाउने यस्ता शैक्षिक संस्थाहरु देशका लागि आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं२ का सभापति देव बहादुर खाणँ (ईश्वर)मानव मिलन सेवा समितिका केन्द्रिय अध्यक्ष नवराज सुवेदी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मणिमुकुन्देश्वर गुरुकुल विदयालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घवन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता गोकर्ण भटराईको स्वागत तथा सिर्जना वोस्तीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । मानव मिलन सेवा समिति बाट प्राप्त ३५ थान कम्मल तथा प्रदेश सांसद मल्लले १५ बोरा चामल नुन,तेल मसला प्रदान गर्नु भएको चापाकोट बहुमुखी क्याम्पसका स्ववियू सभापति सविनचन्द्र डोटेलले जानकारी दिनुभएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


