स्ववीयु चुनावको माग गर्दै बिद्यार्थीले गरे नमुना मतदान

टिकाराम अधिकारी :
त्रिभुवन विश्व विद्यालयले ११ वर्ष अगाडि देखि स्ववीयू निर्वाचन गर्न नसकेको भन्दै विदार्थीहरुले विरोध जनाएका छन । तोकिएको समयमा चुनाव गराउन नसकेको भन्दै शंकर देब क्याम्पसका विद्यार्थीहरु आक्रोशित हुँदै नमुना मतदान समेत गरेकाछन् ।
कार्यक्रममा बोल्दै शंकरदेवका बिद्यार्थी नेता अमृत वोस्तीले स्ववीयू निर्वाचन नहुदा विद्यार्थीहरुका हकहितका कुरा उठाउन र क्याम्पस प्रशासनलाई दबाव दिन नसकिएको गुनाशो गर्नु भयो । उहाँले क्याम्पसको शैक्षिक गुणस्तरका विषयमा कुरा उठाउन समेत समस्या परेको बताउदै तत्काल स्ववीयू निर्वाचनको तालिका सार्वजनिक गर्न माग समेत गर्नुभयो ।
वोस्तीले भन्नु भयो बिगत ११ बर्षसम्म चुनाव नहुनु आफैमा लज्जास्पद कुरा हो । समयमै चुनाव नहुदा विद्यार्थीमाझ शैक्षिक वातावरण र स्वबियुले गर्ने कामबाट विद्यार्थीहरु बन्चित भएको उहाँको भनाई छ ।

बिरोध कार्यक्रममा शंकर देब क्याम्पसका दिपक रिमालले समयमै चुनाव नहुदा धेरै समस्या निम्तियका र यस्लाइ ब्यवस्थापन गर्न चुनाव को आवश्यक रहेको जानकारी गराउनु भो। नेता शन्तोश शेर्पा जुन सुकै हालतमा चुनाव हुनु पर्ने कुरा राख्नु भो जुन सुकै बहानामा गरेर चुनाव भाड्नेहरुका प्रती विद्यार्थी सम्पुर्ण जाई लाग्ने पनि बताउनु भयो ।
शंकर देब क्याम्पसका विद्यार्थी नेताहरु शन्देश खाँण, अमृत जुङ कार्की प्रेम माझी ,अरुण केसी, समीर जुङ बस्नेत , देबेन्द्र के सि , मिलन खतिवडा सोम मल्ल , पर्जाेल भट्टराई लगायतले क्याम्पस प्रशासन प्रभावकारी नबन्दा समस्या परेको बताए ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…