पुतलीबजार नगर स्तरीय मेयर कप खेलकुद प्रतियोगिता
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकाले अन्तर बिद्यालय नगर स्तरीय मेयर कप खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा आयोजित प्रतियोगिताको उदघाटन गर्दे संघीय सांसद नारायणप्रसाद मरासीनीले आधारभूत तहदेखि नै खेलकुदको विकास गर्नुपर्नेमा जोड दिदै खेल मार्फत देशको समृद्धी हासिल गर्न सकिने बताउनुभयो । खेलकुदका लागि स्वस्थ्य मन र तन आवश्यक पर्नेमा जोड दिदै सांसद मरासीनीले खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश बिधायन समिति सभापति मोहन रेग्मी, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नेकपा सचिवालय सदस्य विश्व पौडेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राप्रपाका जयनारायण श्रेष्ठ, पूर्व जिविस सभापति रामबहादुर थापा, मातृभूमि माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धु्रवराज अधिकारी लगायतले कितावी ज्ञानसंगेै खेलकुदको पनि आवश्यक पर्ने बताउदै खेललाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभएको थियो ।
पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं सामाजिक विकास समितिका संयोजक शेषराज ढकालले संचालन एवं प्रशासन अधिकृत ताराचन्द्र ढकालले संचालन गर्नुभएको थियो ।
उदघाटन कार्यक्रममा पाणिनी गुरुकुल आश्रमका बिद्याथीबाट स्वस्तीवाचन र बिभिन्न बिद्यालयद्धारा स्वागत गीत एवं नृत्य प्रस्तुत गरेका थिए । फागुन ८ गतेसम्म संचालित प्रतियोगितामा भलिवल, दौड, रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सर्टफुट, क्रिकेट लगायत बिभिन्न २३ बिद्याका खेल हुने भएको नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


