दलित महिलाहरुलाई व्यवशायिक बनाउन सिलाई कटाई तालिम

आँधीखोला खबर/वालिङ:
वालिङ नगरपालिका वडा नम्वर १४ गैह्राटोलमा निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ । स्थानीय सुभाष दलित महिला सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी तालिम शुरु भएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर १४ का अध्यक्ष झम्मर बहादुर श्रेष्ठले व्यवशायीक रुपमा काम गर्न सक्षम हुने गरी सीप सिक्न आग्रह गर्नुभयो, उहाँले भन्नुभयो,सीप सिकेर दक्ष बनेपछि आर्थिक रुपमा अरुको भर परिरहनु पर्दैन । दलित,जनजाती तथा पछाडि परेको समुदायलाई नगरपालिकाले समेत बिशेष ध्यान दिएको भन्दै वडा अध्यक्ष श्रेष्ठले सीपयुक्त नागरिक बनाउन आफूहरुको जोड रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्वर १४ का समाजसेवी तथा युवा नेता बोधराज कुँवर राजुले सिपले जो कोहीलाई पनि आत्म निर्भर बनाउने बताउनु भयो ।
सुभाष दलित सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धनशुवा परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका बजारीकरण प्रमुख राजु खनालले गर्नु भएको थियो ।
१ महिना सम्म चल्ने तालिममा ३० जना दलित समुदायका महिलाहरुको सहभागिता रहेको छ ।


Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP