दलित महिलाहरुलाई व्यवशायिक बनाउन सिलाई कटाई तालिम

आँधीखोला खबर/वालिङ:
वालिङ नगरपालिका वडा नम्वर १४ गैह्राटोलमा निशुल्क सिलाई कटाई तालिम शुरु भएको छ । स्थानीय सुभाष दलित महिला सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी तालिम शुरु भएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर १४ का अध्यक्ष झम्मर बहादुर श्रेष्ठले व्यवशायीक रुपमा काम गर्न सक्षम हुने गरी सीप सिक्न आग्रह गर्नुभयो, उहाँले भन्नुभयो,सीप सिकेर दक्ष बनेपछि आर्थिक रुपमा अरुको भर परिरहनु पर्दैन । दलित,जनजाती तथा पछाडि परेको समुदायलाई नगरपालिकाले समेत बिशेष ध्यान दिएको भन्दै वडा अध्यक्ष श्रेष्ठले सीपयुक्त नागरिक बनाउन आफूहरुको जोड रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्वर १४ का समाजसेवी तथा युवा नेता बोधराज कुँवर राजुले सिपले जो कोहीलाई पनि आत्म निर्भर बनाउने बताउनु भयो ।
सुभाष दलित सिलाई कटाई बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धनशुवा परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका बजारीकरण प्रमुख राजु खनालले गर्नु भएको थियो ।
१ महिना सम्म चल्ने तालिममा ३० जना दलित समुदायका महिलाहरुको सहभागिता रहेको छ ।




समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…