सानेपा हत्याकाण्ड : के देखियो सिसिटिभी फुटेजमा ?
काठमाडौं : ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या भएको छ ।
उक्त हत्याका बारेमा प्राप्त सिसिटिभी फुटेजका आधारमा सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई किचेनमा काम गरिरहेका बेला पछाडिबाट डोरीले घाँटी न्याँकेको देखिएको छ ।
१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको र त्यसपछि करिब ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिएको छ।
११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा र मुना किचेनमा लडिरहेकी अवस्थामा भेटिएका थिए ।
१० बजेर १० मिनेटमा मुनालाई घाँटीमा डोरीले न्याँकेर लडाउनुअघि पनि किचेनबाहिर चौधरी ओहोरदोहोर गरिरहेको फुटेजमा देखिएको छ।
सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएपछि अर्धचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । उपचारको लागि स्टार अस्पताल लगिएको मुनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।सझा पोष्ट डटकमबाट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


