सन्दीपले लिए कीर्तिमानी १०० विकेट

स्टार क्रिकेटर सन्दीप लामिछानेले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्ट्रर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा लामिछानेले कीर्तिमानी १०० विकेट पूरा गर्दा नेपाल पराजित भएको छ । नेपाल शनिबार थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा मलेसियासँग २२ रनले पराजित भएको हो ।
१५५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । पाँच टिम सहभागी यो प्रतियोगिता लिगका आधारमा आयाेजना भएको छ ।
इस्ट्रन रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसियाकप क्वाली फायरका लागि प्रतिस्पर्धा गर्नेछन् । एसियाकप क्रिकेटका लागि महत्वपूर्ण खुड्किलोको रुपमा रहेको यो प्रतियोगितामा उपाधि जित्ने लक्ष्य नेपालले लिएको भए पनि पहिलो गाँसमै ढुंगा लागेको छ ।
नेपालको शुरुआत भने राम्रो हुन सकेन । कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पहिलो ओभरमै खाता नै नखोली कुशल मल्ल आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…