सन्दीपले लिए कीर्तिमानी १०० विकेट
स्टार क्रिकेटर सन्दीप लामिछानेले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । एसीसी इस्ट्रर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा लामिछानेले कीर्तिमानी १०० विकेट पूरा गर्दा नेपाल पराजित भएको छ । नेपाल शनिबार थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा मलेसियासँग २२ रनले पराजित भएको हो ।
१५५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । पाँच टिम सहभागी यो प्रतियोगिता लिगका आधारमा आयाेजना भएको छ ।
इस्ट्रन रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसियाकप क्वाली फायरका लागि प्रतिस्पर्धा गर्नेछन् । एसियाकप क्रिकेटका लागि महत्वपूर्ण खुड्किलोको रुपमा रहेको यो प्रतियोगितामा उपाधि जित्ने लक्ष्य नेपालले लिएको भए पनि पहिलो गाँसमै ढुंगा लागेको छ ।
नेपालको शुरुआत भने राम्रो हुन सकेन । कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पहिलो ओभरमै खाता नै नखोली कुशल मल्ल आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गरेका थिए ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


