रेडक्रस सबैको साझा, परोपकारी र सामाजिक संस्था : अर्याल
भवानी अधिकारी/स्याङजा :
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङजाका मन्त्री दिनेश अर्यालले रेडक्रस सबैको साझा, परोपकारी र सामाजिक संस्था भएको हुँदा स्वयंसेवी भावले समाजसेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
वलिङ नगरपालिका ३ स्थित नेपाल रेडक्रस सोसाइटी माझकोट शिवालय उपशाखाको पाँचौ बार्षिक साधारणसभाको शुक्रवार उदघाटन गर्दै मन्त्री अर्यालले रेडक्रसका ७ सिद्धान्त मानवता, निष्पक्षता, तटस्थता, ऐच्छिक सेवा, एकता र विश्वब्यापकता जस्ता आदर्शलाई संस्थाका उदेश्य र लक्ष्य अनुरुप ब्यवहारिक रुपमा कार्यान्वयन गरी मानवीय सेवामा समर्पित हुनु रेडक्रसकर्मीको जिम्मेवारीलाई उपशाखा र जिल्ला शाखाले हातेमालो गर्दे अघि बढ्ने बताउनुभयो ।

साधारणसभामा वडा अध्यक्ष शुकराज गुरुङ, माझकोट माविका प्रधानाध्यापक कपिलमणी रेग्मी, वास कार्यक्रम अधिकृत घनश्याम पौडेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, उपशाखाका कोषाध्यक्ष हर्कबहादुर गुरुङ, समाजसेवीहरु वेदबहादुर गुरुङ र थमन गुरुङ, जुनियर रेडक्रस सर्कलका अध्यक्ष करिना गुरुङ लगायतले निस्वार्थभावले गरेको सेवाले मात्र दिगोपना दिनुका साथै लक्ष्यपरक हुनेमा जोड दिनुभयो ।

यसैगरी, रेडक्रस जिल्ला शाखाद्धारा उपलब्ध गराईएका विपद ब्यवस्थापन सम्बन्धी सामाग्री वडाका बिभिन्न टोलविकास संस्थालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा सचिवले उपशाखाको आर्थिक एवं सामाजिक गतिबिधी सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिस २०५० सालमा नेपाल रेडक्रस सोसाइटी सहयोग समितिको रुपमा स्थापित भई रेडक्रसका बिभिन्न गतिबिधी एवं विकास निर्माणका कार्य संचालन भैरहेका छन ।
उपशाखाको स्वामित्वमा भवन बनाइएको छ भने १ सय ४ जना आजिवन सदस्य छन । रेडक्रस उपशाखा सभापति भौबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक कोषाध्यक्ष गुप्तबहादुर गुरुङले स्वागत र सचिव दलबीर गुरुङले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय सास्कृतिक कार्यक्रम, आजिवन सदस्यता प्रदान, सम्मान लगायतका बिबिध कार्यक्रम पनि गरिएका थिए ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


