वालिङमा जारी रमाईलो मेला आईतवार सकिदै,शनिबार दर्शकहरुको राम्रो उपस्थिति
आँधीखाला खबर/वालिङ :
वालिङमा जारी रमाईलो मेलामा शनिबार दर्शकहरुको राम्रो उपस्थिति रह्यो । आईतबार सकिने मेलाको एक दिन बाँकी रहदा दर्शकहरुको राम्रो उपस्थिति रहेको हो ।
वण्डरफुल वालिङ पर्यटन विकास संस्थाले ‘प्रथम वालिङ सांस्कृतिक तथा आन्तरिक पर्यटन रमाईलो मेला २०७६’ को आयोजना गरेको हो ।
वालिङ बसपार्क आँधीखोला तिरमा आयोजना गरिएको रमाईलो मेलामा कृषि, हस्तकला लगायत विभिन्न स्टलहरु रहेका छन । मेलामा विच भलिबल प्रतियोगिता, नौमति बाजा प्रतियोगिता, स्थानीय झाँकीको प्रदर्शनी, पर्यटन तथा बिकास सम्बन्धी विभिन्न व्यक्तित्वहरुसंगको बहस समेत भईरहको छ । “पहिला देश अनि मात्र विदेश” भन्ने नाराका साथ आयोजना गरेको मेला आईतवार सकिने छ ।
मेलाको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले समापन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक आशिष प्रताप खाँणले जानकारी दिनुभया
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


