रेडियो आँधीखोलाको १४ औँ साधारण सभा

आँधीखोला खबर/वालिङ :
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्जको १४औँ साधारण सभा तथा ५ औँ अधिवेसनको उद्दघाटन शुक्रबार रेडियो प्रांगण वालिङ नगरपालिका ८ को घ्याङलिङमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले रेडियोलाई प्रविधिमैत्रि बनाउन आवश्यक रहेको भन्दै यसका लागि नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रमुख खाँणले प्रविधिको प्रयोग गरी रेडियाले आफ्ना गतिविधिलाई अझ विस्तार गर्नुपर्ने भन्दै पालिकाले विगतका समयदेखि नै रेडियोलाई सहयोग गर्दै आईरहेको बताउनुभयो । रेडियोले विवाद रहित सामाचार प्रसारण गरिरहेको भन्दै समाचारमा दुवै पक्षका विचार समावेश गर्नुपर्ने बताउनुभयो ।

रेडियो परिसरमा टिमुरको बिरुवा रोपेर साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख खाँण


कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आँफू संस्थाको सेयर सदस्य भएका कारण संस्थाप्रति उत्तरदायित्व रहेको बताउँदै उहाँले रेडियोलाई अगाडि लैजान गल्याङ नगरपालिका समेत प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्व मेयर भोजराज अर्यालले मुलुकको विकासका लागी सञ्चारमाध्यमहरुको मार्गदर्शनको भुमिका निर्वाह गरिरहेको भन्दै रेडियोले धेरै संर्घष पार गर्दैै यहाँसम्म आईपुगेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, नेपाल कम्युनिष्ट पार्टीका नेता उदय श्रेष्ठ, नेपाली कागे्रसका नेता अर्जुनप्रकाश अर्याल, संस्थाका संस्थापक अध्यक्ष रेशमलाल कोईराला, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार जगदिशप्रसाद गैह्रे, शैक्षिक संघसंस्थाहरुको तर्फबाट रणबीर मावि खहरेका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, सहकारीका तर्फबाट उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष भरतप्रसाद बगाले, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका सचिव शुसिल सुवेदी, पुर्व सञ्चालकहरुको तर्फबाट विद्या श्रेष्ठ, सेयर सदस्यहरुको तर्फबाट कमल पंगेनी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले विज्ञापनलाई वैज्ञानिक बनाउने, शेयर सदस्य थप गर्ने, रेडिोको स्तरवृद्धि गर्ने, शेयर रकम १० हजार पु¥याउने, धाराको चौरदेखि रेडियो सम्मको मोटरबाटोको स्तरोन्नति गर्ने लगायतका विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच पाँचौ अधिवेसनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष शर्मापंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नासिर खांले स्वागत र सचिव यमकान्त खनालले सञ्चालन गर्नुभएको थियो । २०६३ सालमा स्थापना भएको संस्थामा हाल ४६१ जना सेयर सदस्य रहेका छन् । सहकारीद्धारा सञ्चालित रेडियाले ज्ञान, सूचना र मनोरञ्जनका क्षेत्रमा समाजलाई सुसूचित गराउँदै आएको छ । प्रदेश नं. ४ र ५ का १८ जिल्लामा सुन्न सकिने रेडियो अहिले ५०० वार्टबाट १८ घण्टा प्रसारणमा छ । त्यस्तै अनलाईनमा धधध।चबमष्यबबलमजष्पजयबि।यचन मा समेत लगईन गरेर सुन्न सकिन्छ भने उक्त साईटमा स्थानीय समाचारहरु समेत हेर्न र पढ्न सकिन्छ ।

Facebook Comments Box
TOP