आँधीखोला सञ्चार सहकारी/रेडियो आँधीखोलाको अध्यक्षमा पाण्डे निर्वाचित

आँधीखोला खबर :
आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्जको अध्यक्षमा नेत्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । संस्थाको १४औँ साधारण सभा तथा पाचौँ अधिवेसनले पाण्डेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । शनिबार सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा श्यामप्रसाद अर्याल, सचिवमा यमकान्त खनाल, कोषाध्यक्षमा ताराप्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा युगमाया पंगेनी, अमृतप्रसाद खनाल, कृष्णराज सिग्देल, बालकृष्ण सुवेदी, तोयनारायण रेग्मी, चोलाकान्त अर्याल, सुविन्द्र गुरुङ, शान्ता थापा, धु्रव पंगेनी रहनुभएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिमल अर्याल चयन हुनुभएको छ भने सदस्यहरुमा रामप्रसाद लामिछाने र हिमबहादुर विक रहनुभएको छ ।

नयाँ कार्यसमितिले शनिबार नै रेडियो प्रांगणमा सपथ ग्रहण गर्नुभएको छ । निर्वाचन समितिका संयोजक दामोदर शर्माले नयाँ समितिलाई सपथ ग्रहण गराउनुभएको हो । बधाई तथा शुभकामना कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले जिल्लामै पहिलो ध्वनि तरंगको रुपमा स्थापित रेडियोले विभिन्न संघर्षहरु पार गर्दै यहाँसम्म आईपुगेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले रेडियोलाई समय सापेक्ष अगाडि बढाउन सहकारी संघले समेत सहयोग गर्ने भन्दै संस्थाभित्र प्रवेश गरेपछि पार्टीको हितभन्दा संस्थाको हितलाई ख्याल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता केदार काफ्लेले सहमति र सहकार्यका साथ नयाँ कार्यसमितिले पुर्णता पाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका निर्वतमान सदस्य सिताराम अधिकारीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य झलकनारायण पाण्डेले गर्नुभएको थियो । यसैबीच निर्वतमान अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले नवनिर्वाचित अध्यक्ष नेत्रप्रसाद पाण्डेलाई माईनेट समेत हस्तान्तरण गर्नुभएको छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष पाण्डेले भदभार ग्रहण गर्दैै रेडियोको स्तरवृद्धिका लागी नवनिर्वाचित टिम क्रियाशिल रहने बताउनुभएको छ । रेडियोका सेयर सदस्य तथा अग्रजहरुसंग सहकार्य गर्दै आगामी दिनमा रेडियोलाई प्रविधिमैत्रि बनाउने अध्यक्ष पाण्डेले बताउनुभयो । साथै उहाँले आँफूलाई अध्यक्षमा चयन गर्नका लागी सहयोग गर्नुहुँने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…