अपांगलाई लागि पौष्टिक आहार तथा आयआर्जनमा सहयोग
भवानी अधिकारी/स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नं. १ का अपांगहरुका लागि पौष्टिक आहार तथा आयआर्जनका लागि रकम प्रदान गरिएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १ र समुदायमा आधारित पुनस्र्थापना सेवाको संयुक्त आयोजनामा २९ जना अपांगता भएका ब्यक्तिलाई पौष्टिक आहार तथा सहयोगी सामाग्री बितरण गरिएको हो । ती मध्ये २ जनालाई ट्वाईलेट चियर र एक जनालाई ह्वील चियर प्रदान गरिएको छ ।
पौष्टिक आहारा तथा सहयोगी सामाग्री बितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष निर्मलकुमार शेरचनले सामाजिक सेवा अन्र्तगत वडाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा समुदायमा आधारित पुनस्र्थापना सेवा केन्द्रका सामाजिक विकास अधिकृत बिदुर कोइराला, वडा सदस्यहरु शान्तिदेवी गौतम, कुलानन्द लम्साल, अपांग संजालका तिलकबहादुर जलारी, भविलाल विक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वडा अध्यक्ष निर्मलकुमार शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य बिष्णुकुमार श्रेष्ठले स्वागत एवं वडा सचिव बिष्णुकुमारी ढकालले संचालन गर्नुभएको थियो ।
वडा कार्यालयले पौष्टिक आहारा अन्र्तगत अण्डा, हर्लिक्स र चना उपलब्ध गराएको हो । पुनस्र्थापना सेवाले सहयोगी सामाग्री र आय आर्जनमा सहयोग गरेको हो । अपांगता भएका परिवारका धनकुमारी गुरुङ र बिष्णुमाया लम्साललाई तरकारी खेती र कुखुरा पालनका लागि जनही ८÷८ हजार रुपैंया उपलब्ध गराएको छ । भवीलाल विक र तसुआर फकिरलाइ ट्वाइलेट चियर र तसुअर फकिरलाइ ह्वील चियर पनि प्रदान गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


