स्याङजामा प्रदेश प्रहरी गठन र रणनीति बिषयक अन्तरक्रिया

भवानी अधिकारी/स्याङजा :
गण्डकी प्रदेश अन्तरगतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधवार स्याङजामा प्रदेश प्रहरी गठन तथा रणनीति तर्जुमा बिषयक अन्र्तक्रिया गरेको छ ।
स्याङजा सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व एआइजी सुरेन्द्रबहादुर शाहले प्रहरी ऐन र प्रदेश प्रहरी गठन र आवश्यकताका बारेमा जानकारी गराउनुभएको हो ।
विस २०१२ सालमा निर्मित नेपाल प्रहरी ऐनका राम्रा पक्षलाई ग्रहण गर्दे सुधार गर्नुपक्षलाई सुधार गर्दै समयसापेक्ष रुपमा प्रहरी ऐन निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो । राजनैतिक, सामाजिक परिवर्तनसंगै प्रहरी ऐनलाई सबैको साझा प्रहरी हुनेगरी बनाउनुपर्नेमा एआइजी शाहले जोड दिनुभयो ।
पूर्व एआइजी शाहले विस २०६५ सालमा एक प्रहरी अनुसार ३५० जना नागरिकको जिम्मेवारी तोकिएकता पनि सो हुन नसकेको बताउनुभयो । उहाका अनुसार संघमा एक प्रहरी बरावर ३ सय ८८ जना नागरिक, गण्डकी प्रदेशमा एक प्रहरी बरावार ३ सय ८४ जना नागरिक र स्याङजामा भने एक प्रहरी बरावर ५ सय ९९ नागरिकका सुरक्षाको जिम्मेवारी वहन गर्नु परेको छ ।


कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दीपक थापा, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, वालिङ नगरउपप्रमुख कल्पना तिवारी, भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्या, आधीखोला गाउपालिकाका उपाध्यक्ष शर्मिला पौडेल, फेदिखोला गाउपालिकाका उपाध्यक्ष देवी थापा, गण्डकी यातायात कम्पनीका महासचिव भानुभक्त बराल, गैरसरकारी महासंघका अध्यक्ष कमल पौडेल, अपांग समाज स्याङजाका अध्यक्ष युवराज पराजुली, जेष्ठ नागरिक समाजका दुर्गानारायण ढकाल, अधिवक्ता युगनारायण श्रेष्ठ, उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी लगायतले अव बन्ने प्रहरी ऐनले पहुँच भन्दा न्यायका आधारमा न्याय पाउनेगरी साझा प्रहरी राम्रो र हाम्रो प्रहरी संगठनको आवश्यकतामा जोड दिनुभएको छ । राजनैतिक हस्तक्षेपवाट प्रहरीलाई टाढा राख्नु पर्ने, प्रबिधीमैत्री प्रहरी सेवा, प्रहरी सेवामा गुणस्तरीयता, स्रोत र साधानको पर्याप्तता, आवश्यकता अनुरुपमा प्रहरीलाई सेवा सुबिधाका बारेमा राज्यले ध्यान दिनुपर्नेमा वक्ताहरुको भनाई छ ।
कार्यक्रममा मानवअधिकार सुरक्षा तथा द्धन्द्ध बिशेषज्ञ शोभाखर बुढाथोकी, गण्डकी प्रदेशका मुख्य न्यायधीबक्ता डा राजेन्द्र घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत शिव लम्साल लगायतले प्रदेशमा प्रहरी संगठनका बारेमा आ आफना धारणा एवं जानकारी गराउनुभएको थियो ।
यसैगरी, उहाहरुको समूहले गण्डकी प्रदेश अन्र्तगत स्याङजामा बुधवारै गल्याङ नगरपालिका स्थित राम्दी, वालिङ र सदरमुकाममा प्रहरी, कार्यालय प्रमुखहरु, राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, संघसंस्था लगायतलाई प्रदेश प्रहरी सम्बन्धी अन्र्तक्रिया एवं राय सुझाव संकलन गरेको जानकारी गराइएको छ ।

Facebook Comments Box
TOP