स्याङ्जाबाट पोखरा जाँदै गरेकाे कार दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते

सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, कालीमाटीमा कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।
स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको ग.१ च. ७७६३ नम्बरको कार शुक्रबार बेलुका दुर्घटना हुँदा कारमा सवार पोखरा–१७, बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उहाँका नावालक बच्चाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयाे ।
त्यस्तै तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापा घाइते भएका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…