स्याङ्जाबाट पोखरा जाँदै गरेकाे कार दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–२२, कालीमाटीमा कार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते छन् ।
स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको ग.१ च. ७७६३ नम्बरको कार शुक्रबार बेलुका दुर्घटना हुँदा कारमा सवार पोखरा–१७, बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उहाँका नावालक बच्चाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयाे ।
त्यस्तै तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापा घाइते भएका छन् ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


