फेदीखोलामा विद्यालय स्तरिय दोस्रो मैत्रीपुर्ण शिक्षक भलिवल प्रतियोगिता सम्पन्न ।
‘हामी सबैको प्रण-सार्वजानिक शिक्षा प्रणालिको सवलिकरण’ भन्ने मुल नाराका साथ फेदीखोला गाउँपालिका स्याङ्जा द्वारा आयोजना गरिएको गाउँपालिका विद्यालय स्तरिय दोस्रो मैत्रीपुर्ण शिक्षक भलिवल प्रतियोगिता २०७६ सिद्धार्थ मा.वि.ले हात पारेको छ ।
गाउँपालिकाद्वारा आयोजित यस प्रतियोगितामा गाउँपालिका भरिका सामुदायिक ८, संस्थागत २ र आधारभुत १ गरी ११ विद्यालयको सहभागी रहेको थियो ।
९ वटा विद्यालयलाई पछी पार्दै सिद्धार्थ मा.वि. र स्वाभिमान बोर्डिङ स्कुल फाइनलमा भिडेका थिए ।
फेदीखोला गाउँपालिका वार्ड नं. ४ आरुखर्क, गलेम स्थित श्री शितला मा.वि. को खेल मैदानमा भएको फाइनल खेलमा सिद्धार्थ मा.वि. ले स्वाभिमान बोर्डिङ स्कुल लाई ३-१ को सेटमा पराजित गर्न सफल भएको थियो ।
उपाधी सँगै सिद्धार्थ मा.वि. ले रनिङ शिल्ड ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु.१५,००० र उप-विजेता स्वाभिमान बोर्डिङ स्कुलले मेडल, प्रमाणपत्र र नगद रु.१०,००० प्राप्त गरेका छन ! त्यसैगरी तेस्रो हुन सफल चन्डिडाँडा मा.वि. ले मेडल, प्रमाणपत्र र नगद रु. ६००० प्राप्त गरेको छ !
प्रतियोगितको उत्कृष्ट खेलाडी (Best Player) स्वाभिमान बोर्डिङ स्कुलका खेलाडी अजय कार्किले पाएका छन ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङकाे प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष घनश्याम सुबेदिकी विशिष्ट आतिथ्यता रहेको थियो । साथै वडा अध्यक्ष, वार्ड सदस्यहरु, विद्यालयका प्र.अ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षक प्रतीनिधि, स्थानिय, खेलप्रेमी लगायतको सहभागी रहेको थियो । शितला मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर डिल बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक आनन्द पौडेल एवम कार्यक्रमको संयोजन गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…