स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटना : गम्भिर घाईते फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगियो ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटनाहुँदा गम्भिर घाईते भएका फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । फ्रान्सेली नागरिक ३५ बर्षीय सिमोन हेनरी बोरेईली (SIMON HENRI BOREILLE) प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।
भीरकोट नगरपालिका वडा नम्वर ५ स्वरेक मैदानबाट आफै प्यारासुट उडाएका सिमोन भीरकोट नगरपालिका वडा नम्वर ६ बयरघारीको बगरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
घाईते सिमोनलाई फिस्टेल एयरको हेलिकप्टरद्धारा उपचारका लागि काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ । माथिबाट बजारिएको कारण उनलाई भित्री चोट लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…