पाणिनी गुरुकुलमा खाद्यान्न लगायत कम्बल प्रदान
भवानी अधिकारी/स्याङजा :
मानव मिलन युवा समिति नेपालले पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी आधुनिक गुरुकुल आश्रमममा खाद्यान्न लगायत कम्बल प्रदान गरेको छ ।
नेपाल केशरी डा. मणिभद्र मुनिजी महाराज अन्र्तगतको युवा समितिले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पुरयाउदै आएको सेवा पाणिनी आश्रमलाई गरेको हो ।
संघीय सांसद नारायणप्रसाद मरासीनी र मानव मिलन युवा समितिका केन्द्रीय अध्यक्ष नवराज सुवेदीले आश्रमका संरक्षक स्वामी इश्वरानन्दजी महाराजलाई खाद्यान्न लगायत कम्वल हस्तान्तरण गर्नुभएको हो । ती सामाग्री हस्तान्तरण गर्दै संघीय सांसद मरासीनीले धर्म संस्कृतिको संरक्षणका लागि गुरुकुल आश्रमले पुरयाएको योगदानको अतुलनीय रहेको बताउदै गुरुकुलको विकासका लागि तन, मन र धन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा मानव मिलन युवा समितिका केन्द्रीय अध्यक्ष एवं आश्रमका संस्थापक कोषाध्यक्ष नवराज सुवेदीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दे आएको समितिले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, गुरुकुलका छात्र मनप्रसाद उपाध्याय, आश्रम संचालक समितिका उपाध्यक्ष टंकप्रसाद पौडेल लगायतले गुरुकुललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आश्रमका संरक्षक स्वामी इश्वरानन्दजी महाराजजीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव चुडामणी भण्डरीले संचालन गर्नुभएको थियो ।
मानव मिलन युवा समितिद्धारा उपलब्ध गराइएको २५ थान कम्वल, चामल, तेल लगायतका खाद्यान्न प्रदान गरिएको हो । विसं २०७० सालदेखि संचालित सो विद्यालयमा हाल २५ जना बिद्यार्थी अध्ययनरत छन् । कक्षा ३, ५, ६ र ७ कक्षाका लागि ५ जना शिक्षकले पढाउदै आउनुभएको छ । गुरुकुलमा अंग्रेजी, बिज्ञान लगायत सबै पाठ्यक्रम सहित संस्कृत सम्बन्धी अध्ययन एवं हिन्दु संस्कार सम्बन्धी सम्पूर्ण कार्यको अध्यायन अध्यापन गराईदै आएको छ । आवासिय शिक्षा दिदै आएको गुरुकुल आश्रमका लागिे नियमित आम्दानीको मार्ग खासै छैंन । मानवीय सहयोगदाता र मुठिदानबाट आश्रम संचालन हुदै आएको छ । महायज्ञ र बिभिन्न दाताबाट संकलित रकमले आश्रमस्थल निर्माण गरिएको हो ।
साथै, पाणिनी आश्रममा फागुन २२ देखि चेैत १ गतेसम्म गुरुकुल उत्थान श्रीमदभागवत महायज्ञ एवं आधीखोला धार्मिक महोत्सव गरिने भएको छ । आधुनिक गुरुकुल एवं मावि तहको पढाई संचालन गरिने लक्ष्य सहित महायज्ञवाट गरिने भएको आश्रमका स्वामी हंसानन्दले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


