नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने

काठमाडौं : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छन् ।
मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेस गरेको बताए । नापी विभागको पनि प्राविधिक टोली उक्त कार्यमा क्रियाशिल रहेकाले काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
अव्यवस्थित बसोबासको समस्या समाधान र सुकुम्बासीको समस्या समाधानका लागि आयोग निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी गराए । कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेश निर्माण गरेर आयोग बनाउने काम अगाडि बढेको मन्त्री अर्यालले बताए ।
“अर्थ मन्त्रालयमा गठन आदेश पुगेको छ, सबै प्रक्रिया पूरा गरेपछि आयोग गठन हुन्छ”, उनले भनिन्, “आयोग गठनको अन्तिम चरणमा छ, यो आयोग कानूनबाट निर्मित आयोग हो र यो शक्तिशाली हुन्छ ।” – रासस
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…