प्रजिअ कुरुम्वाङको नयाँ अभियान : गाँउ-गाँउमा पुगेर सनाखत प्रशासनबाट सहज रुपमा नागरिकता प्रदान (भिडियो सहित)।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
हरिनास गाँउपालिकाको वडा नम्वर ७ कि २१ बर्षिया शर्मिला राना काखमा बच्चा च्यापेर नागरिकता लिन शुक्रवार वालिङ आईपुग्नु भयो । गाँउपालिकाले व्यवस्था गरिदिएको गाडीमा चढेर नागरिकता लिन आएकी शर्मिलाले आफ्नो खर्च सबै बचेको भन्दै खुसी व्यक्त गर्नुभयो । आफ्नो श्रीमान् बिदेशमा रहेको भन्दै शर्मिलाले भन्नुभयो, गाँउमा नै नागरिकताका लागि सनाखत गर्ने काम ससुरा तीन बहादुर रानाले गरिदिएकाले म एक्लै आउन पाएकी हुँ । काखको बच्चा देखाउदै उहाँले थप्नुभयो, अव मैले यो नानीको जन्म दर्ता गर्न पाउने भए ।
५७ बर्षको उमेरमा नागरिकता लिएकी हरिनास ७ कै बिन्दु कुमारी आलेले पनि नयाँ अभियानसँगै नागरिकता पाउनु भयो । बल्ल नागरिकता लिनु भएको हो भन्ने प्रश्नमा आलेले हास्दै भन्नुभयो, “मलाई नागरिकता आवश्यक पनि परेन र कसैले लिन पनि भनेनन्”, उहाँसँगै उभिएका अर्का सेवाग्राही हुम बहादुर आलेले थप्नुभयो “२०१९ सालमा जन्मिएको हुँ अब मत बल्ल नागरिक भए क्यारे ।”
शुक्रबार ईलाका प्रशासन कार्यालय वालिङमा छुट्टै भिडभाड थियो, नियमित सेवाग्राहीका अलवा हरिनासको वडा नम्वर ७ बाट आएका नागरिककहरु नागरिकता लिन र निर्वाचनका लागि मतदाता परिचयपत्रका लागि फोटो खिचाउनका व्यस्त थिए ।
प्रजिअ कुरुम्वाङको सेवा प्रबाहमा नयाँ प्रयोग :
कार्यसम्पादन मुल्याङकनमा देश कै उत्कृष्ट घोसित हुनु भएका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जिल्लामा आएसँगै सेवा प्रबाहका नयाँ नयाँ अभियान शुरु गर्नुभएको छ । उहाँकै पहलमा हरिनास ७ का ८० जनाले सहज रुपमा नागरिकता लिन पाएका हुन् । जिल्लामा आउना साथ कहाँ के समस्या छ भन्ने खोजबिन गर्नु भएका प्रजिअ कुरुम्वाङले ठुलो संख्यामा नागरिकता लिन बाँकी छ भन्ने जानकारी पाउनासाथ वडामा नै पहिचान र सनाखतका लागि टोलि पठाउनु भएको थियो । टोलि बास्तविकता हेरेर तयार पारेको कागजपत्रका आधारमा ईलाका प्रशासनबाट प्रजिअ कुरुम्वाङले नागरिकता प्रदान गर्नु भएको हो ।
गाँउपालिकाले गर्यो यातायात र खानाको व्यवस्था :
प्रजिअ कुरुम्वाङको अभियानमा हरिनास गाँउपालिकाले समेत सहयोग गरेको थियो । पालिकाका अध्यक्ष खिम नारायण मानन्धरले आफ्ना नागरिकलाई सहज रुपमा नागरिकता उपलव्ध गराउन यातायात र खानाको ब्यवस्था गरिएको जानकारी दिनुभयो । वडा नम्वर ७ कि अध्यक्ष केशमाया थापा पनि आफ्ना वडा बासीलाई लिएर ईलाका प्रशासन कार्यालय आईपुग्नु भएको थियो । उहाँले प्रशासनको अभियानले आफ्ना वडाबासीलाई निक्कै सहजता पुएको बताउनु भयो ।
खर्चको बचत सनाखत गर्न वालिङ आउनु परेन :
गाँउपालिकाले नै गाडी र खानाको व्यवस्था गरिदिए पछि सेवाग्राही हर्षित हुने नै भए अर्काे तर्फ गाँउबाट नागरिकताका लागि सनाखत गर्ने व्यक्ति पनि आउन नपरे पछि परिवारको खर्चमा समेत बचत हुन पुगेको सेवाग्राही लाल बहादुर राना बताउनुहुन्छ । कतिपय सेवा ग्राहीले त वालिङ बजारमा किनमेल समेत गर्न भ्याएका थिए । हरिनास ७ बाट आएकी नुमा आलेले भन्नुभयो, “गाडी छुट्छ कि भनेर हतार गर्नु परेन त्यसैले मज्जाले किनमेल गर्न भ्याए ।”
सेवा प्रबाह सहज र कम खर्चिलो बनाउँछु प्रजिअ कुरुम्वाङ:
स्याङ्जा जिल्लाको वास्तविक अवस्थाको बारेमा छोटो समयमा नै अध्ययन गर्नु भएका प्रजिअ कुरुम्वाङले सेवा प्रबाहलाई कम खर्चिलो र सहज बनाउन आफूले ध्यान केन्द्रित गरेको बताउनु भयो । उहाँले भन्नुभयो, हामी नागरिकका सेवक हौं प्रशासक हैनौं त्यसैले जनताको आवश्यकता र मर्म अनुशार नै हामीले काम गर्नु पर्छ ।
प्रत्येक शुक्रबार वालिङको ईलाका प्रशासनबाट सेवा प्रबाह गर्दै आउनु भएका प्रजिअ कुरुम्वाङले घुम्ती शिबिर मार्फत गाँउ गाँउमा पुग्ने काम जारी रहेको बताउनु भयो । उहाँले स्थानीयतहरुसँग मिलेर नागरिकलाई सेवा प्रवाह गर्ने स्पष्ट पार्न भयो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…