नेपाल शिक्षक संघले गर्यो संस्थापक अध्यक्ष अर्यालको निधनको सातौं दिन शोकसभा

भवानी अधिकारी/स्याङ्जा :
नेपाल शिक्षक संघ स्याङजाका संस्थापक अध्यक्ष प्रेमनारायण अर्यालको निधनको सातौं दिन नेपाल शिक्षक संघ स्याङजाले श्रद्धाञ्जलीसभा गरेको छ ।
भीरकोट नगरपालिका ७ बलमाटा स्थित उहाकै जन्मथलोमा आयोजित श्रद्धान्जलीसभामा बोल्दै शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, महासचिव सोमनाथ गिरी, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, शिक्षक संघका जिल्ला अध्यक्ष लम्मीप्रसाद रेग्मी, सचिव पशुपति शर्मा लगायतले शिक्षाप्रेमी एवं सामाजिक अभियन्ता अर्यालको निधनले सिंगो जिल्ला र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउदै उहाले देखाएका बाटोको अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

७४ बर्षिया अर्यालको काठमाण्डौंमा उपचारका क्रममा निधन भएको हो । उहालाई न्यूमोनिया लगायत रोगबाट पिडित हुनुहुन्थ्यो । विगत एक महिनादेखि उहा काठमाण्डौंमा उपचाररत हुनुहुन्थ्यो । पूर्णामृत भवानी, कालिका मावि तथा कालिका क्याम्पसका पूर्बप्राचार्य, कालिका हस्पिटलका पूर्वअध्यक्ष, पायनिअज अंगे्रजी बिद्यालयका संस्थापक लगायत बिभिन्न संघ संस्थामा आवद्ध स्वर्गीय अर्याल सामाजिक अभियन्ता एवं कुशल नेता हुनुहुन्थ्यो ।
झण्डै १ दर्जन संघसंस्थामा कुशलता पूर्बक नेतृत्व प्रदान गर्नुभएका स्वर्गीय अर्यालको निधनले अपुरणीय क्षति पुगेको बताउदै शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गरिएको छ । स्वर्गिय अर्यालका ३ छोरा ३ छोरी र २ श्रीमती हुनुहुन्छ ।


समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…