अमेरिकामाथि नेपालको कीर्तिमानी जित, सन्दीपले लिए ६ विकेट
काठमाडौं: स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको छ र, आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको छ ।
त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो ।
अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।
सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल सकाएका थिए । पारस १५ र दीपेन्द्र १५ रनमा अविजित रहे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


