उपराष्ट्रपति नन्द बहादुर पुन स्याङ्जामा

आँधीखोला खबर/स्याङ्जा :
उपराष्ट्रपति नन्दबहादुर पुनमगर स्याङ्जा आईपुग्नु भएको छ । बुधवार दिउसो स्याङ्जा हुदै वालिङ आईपुग्नु भएका उपराष्ट्रपति पुन नेपालको ठुलो जलविद्युत परियोजना कालिगण्डकी ए परियोजनाको अवलोकन गर्न मिर्मी तर्फ लाग्नु भएको छ ।
कालिगण्डकी गाउँपालिकाको बेल्टारीमा उपराष्ट्रपति पुनलाई गाउँपालिका, र विभिन्न संघसंस्थाले स्वागत गरेकाछन् । आज उपराष्ट्रपति पुन बेल्टारीमै बास बस्ने र १५ गते विहान ९ बजे वालिङमा ३८ औँ राष्ट्रिय मगर एकता दिवस विशेष कार्यक्रम तथा मगर गुमष्ठको उद्दघाटन गर्ने कार्यक्रम रहेको मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकेन्द्र तरामु मगरले जानकारी दिनुभयो ।
त्यस्तै वालिङमा आयोजना गरिने ३८ औँ मगर एकता दिवसको भव्य जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । फाल्गनु १५ मगर एकता दिवस यसअघि समेत मनाँईदै आईएको थियो तर यसपटक उपराष्ट्रपति पुनले उद्दघाटन गर्ने भएपछि यस पटकको दिवसलाई विशेष रुपले हेरिएको छ । मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले आयोजना गरेको कार्यक्रम मगर संघ वालिङ नगर समितिले व्यवस्थापन गरेको छ ।

जिल्लाका ११ स्थानीय तहका मगर समुदाय तथा गैह्र मगरसमुदायको समेत कार्यक्रममा उपस्थिति रहने आयोजकको दावी छ । अहिले आयोजक टोली जिल्लाका पालिकाहरु कहाँ पुगेका छन् । मगर बाहुल्यता रहेको गल्याङ नगरपालिकाले दिवसका अवसरमा सार्वजानिक विदाको घोषणा गरिसकेको छ भने अन्य पालिकाहरुसंग समेत छलफल भईरहेको समन्वयका अध्यक्ष तरामु मगरले बताउनुभयो । वालिङ सबै पालिकाहरुको मध्य भागमा रहेकाले यहाँ कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा मगर सांस्कृतिक झाँकी तथा ¥यालीको प्रर्दशनी गरिनेछ । भिजिट नेपाललाई समेत यो कार्यक्रमले टेवा पुग्ने आयोजकले जनाएका छन् ।
तस्वीर-निर्भिक नारायाण भुर्तेल
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…